पाठेघर भाडामा लगाउँदा फेरिएको जीवन

बाँझोपनबाट ग्रस्त पश्चिमाहरुका लागि भारत एउटा यस्तो उर्वर देश हो जहाँ निकै कम पैसामा अरु कसैलाई गर्भ बोकाएर बच्चा उत्पादन गर्न सकिन्छ ।
भारतीय ‘बच्चा र्फम’ अर्थात भाडाको कोखको माग पछिल्लो दिनमा बेलायतसहितका देशमा हुन थालेको छ । बालबच्चा नभएकाहरुले भारतमा व्यवसायिक रुपमा रहेका भाडाका आमाबाट बच्चा जन्माउने गरेका छन् ।
अरुको बच्चा जन्माइदिए वापत आमाले ४ हजार ७ सय पाउण्ड पाउँछन् । भाडामा लिइएको कोखमा पैसा तिर्ने पुरुषको वीर्य र भाडामा लाग्न तयार महिलाको डिम्ब प्रत्यारोपण गरिन्छ ।
गुजरातको आनन्दमा व्यवसायिक सेरोगेसीको सेवा दिने आकांक्षा इन्फर्टिलिटी क्लिनिक छ । क्लिनिकको शुल्क १ हजार ७ सय पाउण्ड छ । जसमा भाडामा लिने आमाको कोखको ४ हजार ७ सय शुल्क पनि पर्छ । यसरी कोख भाडामा दिने अधिकांश महिलाहरु गरीब पिछडिएको समूदायका हुन्छन् ।

यो क्लिनिकले १० वर्षदेखि सेरोगेसी सेवा दिँदै आएको छ । उनीहरुले भाडामा दिएको कोखबाट ७ सय बढी बच्चा जन्मिसकेका छन् । अरुको बच्चा आफ्नो पेटमा हुर्काए वापत पाउने रकम उनीहरुका लागि ठूलो हुन्छ ।
४० वषर्ीया सरला पटेलिया आनन्दबाट करिब २५ किलोमिटर टाढा मन्जिपुरमा बस्छिन । उनले २००९ र ०१२ मा आफ्नो कोख भाडामा दिइन् र त्यसबाट आएको पैसाले ढुंगाको घर बनाइन् । उनका ९ र १० वर्षका दुई छोरा छन् । ‘यसले हाम्रो जीवन पुरै परिर्वतन गरेको छ’ उनले भनिन् । उनका ४४ वर्षका पति शसीकान्तलाई ट्युमर थियो । कोख बेचेर आएको पैसाले ढेड लाख भारु तिरेर उनको अपरेशन भयो, नभए उनीहरुको परिवार यो पैसा जुटाउन सक्ने अवस्था थिएन ।
नीता मक्वारा ३० वर्षकी भइन् । नाडियाडकी उनले २००८ मा विदेशी जोडीको बच्चा जन्माइदिइन् । अर्को जोडीको गर्भ राख्ने उनले २०११ मा टि्वन्स जन्माइन् । पहिला उनको पति रिक्सा चलाउँथे । तर, कोख बेचेर आएको पैसाले उनको परिवारले ढुंगाका तीनवटा घर बनाएको छ ।
भारतमा २००२ बाट व्यवसायिक सेरोगेसी बैधानिक छ । तर, बेलायत र अष्ट्रेलियामा यही कुरा गैरकानूनी छ ।
डा. जतिन शाहको मुम्बईमा क्लिनक छ । उनको मुम्बई इन्फर्टिलिटी क्लिनिक एण्ड आईभीएफ सेन्टरले बलिउड अभिनेता शाहरुखलाई हालै सेरोगेट बच्चा हस्तान्तरण गरेको छ । जहाँ महिनामा १० बटा सेरोगेट बच्चा जन्मिन्छन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.