यसै वर्ष विहे गर्ने तयारीमा सलमान !


बलिउडका अभिनेता सलमान खानले यसैवर्षको अन्त्यसम्म विहे बन्धनमा बाँधिने भएका छन् । जीवनको उत्तरार्द्धसम्म पनि एक्लै बस्दा थाकिसकेको बताउँदै सलमानले विहेबन्धनमा बााधिन लागेको संकेत गरेका हुन् ।
आइतबार आयोजित इन्डिया टुडे कन्क्लेव ०१४ मा ४८ वर्षे ‘जय हो’ स्टारले यो कुरालाई अस्वीकार गरेनन् । उनले आफू रोमानियाली गर्लफ्रेन्ड लुलिया वैंतुरसँग विहे गर्न लागेको प्रश्नलाई हाँस्दै यसै वर्षकै अन्त्यसम्म विहे गर्ने ग्रीन सिग्नल दिए । सलमानले भने, ‘म अहिले संक्रमणकालमा छु र मलाई आनन्द लागिरहेको छ, पहिलोपटक मलाई यस्तो मौका मिलेको छ, चाँडै नै मेरो जीवनमा खास परिवर्तन आउँदैछ ।’ सलमानको नाम प्रायः धेरै हिरोइनसँग जोडिने गरेको छ । उनलाई धेरै नै नियन्त्रण राख्ने प्रेमीको रुपमा पनि चिन्ने गरिन्छ । ‘म मानवतालाई मान्छु, म इसाइ र इस्लाम दुबै धर्मलाई मान्छु, जति सम्भव छ, उति धेरै काम गर्छु, म धेरै नै भाग्यशाली रहेा’,सलमानले भने, ‘मेरो पिता पठान हुनुहुन्छ, आमा हिन्दू र दोस्री आमा इसाई, मेरी बहिनी पञ्जाबी हुन्, पत्नी भने बाहिरबाट ल्याउने सोच बनाइराखेको छु ।’

,

0 comments

Write Down Your Responses

Powered by Blogger.