श्रीमती र छोरालाई जिउँदै जलाउने प्रयास

सल्यान । सल्यानको कुपिण्डेदह गाविसका एक व्यक्तिले आˆनी श्रीमती र दुई छोरालाई जिउँदै जलाएर मार्ने प्रयास गरेका छन् ।

कुपिण्डेदह-२ आगरनेटाका ३२ वर्षका ठगे कुँवरले गएराति आफ्नै घरमा श्रीमती र छोराहरूलाई घरभित्र थुनेर आगो लगाएर मार्ने प्रयास गरेका हुन् । दुईवटी श्रीमती विवाह गरेका कुँवरले घरमा आगो लगाइसकेपछि बाहिरबाट ढोका लगाएर भागेका थिए । श्रीमान्ले घरमा आगो लगाएपछि ३४ वर्षकी श्रीमती सुनिता कुँवरले घरमा आगो लगाएको थाहा पाएपछि कोठाको ढोका फोडेर बाहिर निस्किएकी थिइन् ।
‘राति ९ बजे मदिरा सेवन गरेर आएछन्’- सुनिताले भनिन् ‘म निदाइसकेकी रहिछु कोठामा धुवाँ आएपछि आगो लगाएको थाहा पाएँ र ढोका फोडेर बाहिर आएँ ।’ अर्को कोठामा सुतिरहेका उनका छोराहरू १३ वर्षका हरिहर कुँवर र ८ वर्षका भूपेन्द्र कुँवरले आफू सुतेको कोठामा छानोबाट आगो खसेपछि थाहा पाएका थिए । त्यसपछि उनीहरू पनि बाहिर निस्केर ज्यान जोगाएको पीडित महिला सुनिताले बताइन् ।
श्रीमान्ले यसअघि पटकपटक कुटपिट गर्दै आएको पीडित सुनिताले बताइन् । आगोले जलेर घर पूर्ण रूपमा नष्ट भएको छ भने घरमा भएका लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएका छन् । घटनापछि श्रीमान् ठगेलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित सुनिताले पीडक श्रीमान्विरुद्ध ज्यान मार्ने उद्योग, बहुविवाह र अशंमुद्दा दिएकी छन् । घटनाको अनुसन्धान गरेर पीडितलाई न्याय दिलाउन लागिपर्ने प्रहरीले बताएको छ । ठगेले २०५७ सालमा सुनितासँग पहिलो बिहे गरेका थिए भने ०६३ सालमा दोस्रो बिहे गरेका थिए । रासस

,

0 comments

Write Down Your Responses

Powered by Blogger.