वेपत्ता विमानमा चोरीको पासपोर्टमा यात्रा गर्ने इरानी


काठमाडौं । शनिबारदेखि वेपत्ता विमानमा सवार चोरीको पासपोर्टमा यात्रा गर्न एक व्यक्ति इरानी भएको मलेशिया प्रहरी प्रमुख खालिद अबुबकरले बताएका छन् । क्वालालाम्पुरबाट बेइजिङका लागि उडेको मलेशियन एयरलाइन्सको विमानमा दुई जना चोरीको पासपोर्टमा यात्रा गरेका थिए । अबुबकरका अनुसार ती व्यक्तिको उमेर १९ वर्ष थियो र उनी दोस्रो मुलुकमा शरण लिन चाहन्थे । विमान वेपत्ता हुनुमा आतंकवादको कुौ विषय नआएको समेत उनले बताए । अधिकारीहरुले भने छानविन भइरहेको र यसमा अपहरणको आशंकामा पनि ध्यान दिइने बताएका छन् । विमानमा १२ चालक दलका सदस्यसहित २ सय ३९ जना सवार थिए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.