भुसतिघ्रेसँग लाप्पा खेल्दै रेखा थापा

काली चलचित्र बनाएपछि ‘हिम्मतवाली’को चक्करमा लागेकी नायिका रेखा थापा अब भने साँच्चै नै काली बन्ने भएकी छन् । गर्मी लागिसकेका बेला सुदुरपश्चिमको महेन्द्रनगरस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्षण आसपासको तातो बालुवामा भुसतिघ्रे पुरुषसँग लाप्पा खेल्नुपरेपछि रेखाको अनुहार घाम र बालुवाले धुस्रो-फुस्रो बन्ने भएको हो ।
रेखा काठमाडौं छाडेर महेन्द्रनगरतिर लागेको १५ दिन बितिसकेको छ । हिम्मतवालीको शुटिङमा उनी अझै १५ दिन उतै बस्ने भएकी छन् ।
शुक्लाफाँटाभित्र अधिकांश दृश्यहरु शुटिङ गरिएको हिम्मतवालीका केही दृश्यहरु उनले त्यहाँका थारु बस्तीमा शुटिङ गराउने योजना बनाएकी छन् । यसैक्रममा गीतको शुटिङका निर्देशन गरिरहेका श्याम भट्टराई भने बिरामी भएर काठमाडौं फर्किएपछि सो कामसमेत रेखाले आफैं जिम्मा लिएकी छन् ।

‘सुदुरपश्चिममा अधिकांश चलचित्रहरुको शुटिङ हुने गरेको छैन, यहाँका धेरै स्थलहरु मनोरम र सुन्दर भए पनि शुटिङमा धेरै खर्च लाग्ने र यातायात, विद्युत लगायतको सुविधा पनि कम हुने भएकाले राजधानीबाट सुदुरपश्चिममा आएर शुटिङ गर्न निकै मुश्किल हुँदोरहेछ’ रेखाले शुक्लाफाँटाको जंगलबाट अनलाइनखबरसँग भनिन्-’हिम्मतवालीमा सुदुरपश्चिममा विभिन्न पर्यटकीय स्थललाई समेट्ने प्रयास गरिरहेकी छु ।’
चलचित्रको शुटिङमा भुसतिघ्रे मान्छेसँग बालुवामा मल्लयुद्ध गरेकी रेखाले भनिन्- हिम्मतवालीमा भुसतिघ्रे र बलिया पाखुरा गरेका मात्रै छैनन् कमजोर मान्छेलाई पनि भूमिका दिएकी छु ।’
आगामी १५ दिनमा काठमाडौं फर्किएको दुई दिन पछि हिम्मतवालीको शुटिङ सकिने उनले  बताइन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.