बैज्ञानिकले बनाए नकुहिने आलु

बेलायतका बैज्ञानिकहरुले यस्तो आलुको आबिस्कार गरेका छन जसमा ढुसीका कारण कुहिने समस्या हुने छैन् । तीन वर्षसम्म गरिएको परीक्षणपछि बैज्ञानिकहरुले जेनेटिकल्ली मोडिफाइड (जीएम) जीएम आलुको बिकाश गर्न सम्भव भएको हो ।
ढुसीका कारण आलु राम्ररी नफल्दै कुहिन्छ । आयरल्याण्डमा १८४० को दशकमा यही कारण आलु खेती नै संकटमा परेको थियो । यो संक्रमण आलुमा तिब्र रुपमा फैलने गर्ने गर्छ । यसको असर यति हुन्छ कि बेलायतमा उत्पादन हुने कुल आलुमध्ये ६० लाख टन यही कारण कुहिन्छ ।
आलुलाई ढुसीबाट बचाउन किसानहरुले निकै सावधानी अपनाउनुपर्छ । एक पटक आलु लगाएपछि १५ पटकसम्म किटनाशक औषधी छर्ने गरेको पाइएको छ ।
बैज्ञानिकहरुले २०१० मा जेनेटिक मोडिफेकेशनको सहायताले ढुसीका कारण आलु सड्ने रोगविरुद्ध परिक्षण थालेका थिए ।
शोधकर्ताहरुले रातो आलुको एक प्रजातिमा दक्षिण अमेरिकाको जंगली आलुको एक यस्तो जीन राखे, जसका कारण नयाँ बिकाश भएको आलुमा ढुसीका कारण सड्ने समस्याविरुद्ध प्राकृतिक प्रतिरोधात्मक क्षमता विकाश भयो ।
शोधका प्रमुख लेखक एवं सेन्सबरी प्रयोगशालाका प्राध्यापक जोनाथन जोन्सले भनेका छन्-’मलाई लाग्छ यो रोगमा रासायनिक रुपमा नियन्त्रण गर्नु राम्रो विकल्प हो ।’
२०१२ सम्म चलेको परीक्षणको तेस्रो बर्ष गैर-जीएम आलुमा अगष्टसम्म सड्न थालेको थियो । तर, जीएम आलुमा कुनै समस्या देखिएन । अर्को कुरा यो जीएम आलु सामान्य आलुभन्दा दुई गुणा फलेको छ ।
यद्यपि बैज्ञानिकहरुले जीएम आलुको स्वादबारे केही बताएका छैनन् । किनकी उनीहरुलाई जीएम आलु खान रोक लगाइएको थियो । आलुको स्वाद परिर्वतन नहुने उनीहरुको विश्वास रहेको बीबीसीले जनाएको छ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.