आँखाबाटै पत्ता लगाउन सकिन्छ समलिंगी

मनोवैज्ञानिकहरुले मानिसको आँखाको हेराइ विश्लेषण गरेर उसको लैंगिक पहिचान थाहा पाउन सकिने तथ्य फेला पारेका छन् । हेराइकै आधारमा पुरुष समलिंगी, उभयलिंगी वा साधारण महिला वा पुरुष के हो पत्ता लगाउन सकिने उनीहरुले दाबी गरेका छन् ।

अमेरिकास्थित कर्नेल विश्वविद्यालयका विकासवादी मनोवैज्ञानिक रिज सेभिन विलियम्सका अनुसार आँखाको हेराइ र नानीको घुमाइ विश्लेषण गरेर जो कोहीको लैगिक परिचय थाहा पाउन सकिन्छ । ‘उनीहरुको दृष्टि गौण रुपमा हेरेर लैंगिक पहिचान पत्ता लगाउन सकिन्छ’ उनले भने ।
वास्तवमा आँखाको नानी र दृष्टिको सम्बन्धमा संयौं वर्षदेखिको मान्यता रही आएको छ । १६ औं शताव्दीमा महिलाले आँखाको मादकता बढाउन बेलाडोना नामक वनस्पतिको थोपा आँखामा हाल्ने गर्दथे । नानीले चलायमान नियन्त्रित भई उनीहरुको आँखा र दृष्टिमा मादकता आउने विश्वास गरिन्थ्यो । धेरै महिलाले यही वनस्पतिको प्रयोग गरी पुरुषलाई वशमा पारेको बताइन्छ ।
थाहा पाउने तरिका
उनका अनुसार लैंगिक पहिचान थाहा पाउने साधारण तरिका छन् । जस्तो कि, सामान्य पुरुषले महिलाप्रति दृष्टि लगाउँछन् । तर पुरुष समलिंगीले पुरुषप्रति नै आकर्षक भावले हेरिरहन्छन् ।
विलियम्सका अनुसार कुनै पनि आकर्षक वस्तु वा व्यक्ति देखेपछि मानिसको आँखाको नानी चलायमान हुने गर्दछ । दृष्टिकै आधारमा कसैप्रति प्रेमिल भावना पनि उसमा जागृत हुन्छ । स्वचालित स्नायु प्रणालीले नानीको मनोवैज्ञानिक परिचालन गर्ने उनको भनाइ छ । शरीरको धडकन र स्वासप्रश्वासको गति पनि स्वचालित स्नायु प्रणालीले चलाइरहेको हुन्छ ।
विलियम्स र उनका साथी जेरल्फ रिजरको नेतृत्वमा गरिएको सर्वेक्षणमा १ सय ६५ पुरुष, १ सय ६० महिला सहभागी थिए । साथमा पुरुष समलिंगी, महिला समलिंगी र उभयलिंगी पनि सहभागी थिए ।
यो अध्ययनले अन्तरसांस्कृतिक रुपमा हुने यौन व्यवहार र धारणामा आँखाको हेराइ विश्लेषण गरेर धेरै कुरा थाहा पाउन सकिने तथ्य दर्शाएको छ । यो विधिको उपयोग गरेर जो कोहीले आफ्नो यौनिकताको बारेमा स्पष्ट हुन सक्ने अध्ययन टोलीका अगुवा बिलियम्स बताउँछन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.