तीन वर्षभित्रै लोडसेडिङ अन्त्य हुन्छ : मन्त्री ज्ञवाली

ऊर्जा मन्त्री राधा ज्ञवालीले लामो समयदेखि रोकिएका जल विद्युत् आयोजना सुचारु गरी तीन वर्षभित्र विद्युत् भार कटौती सदाका लागि अन्त्य गर्न वर्तमान सरकार लागिपरेको बताएका छन् ।
उद्योग सङ्गठन मोरङले बुधवार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री ज्ञवालीले विद्युत् भार कटौती अन्त्यका लागि विद्युत् उत्पादनसम्बन्धी सरकारले नयाँ नीति तथा ठोस कार्यक्रम ल्याउन लागेको जानकारी दिइन् ।
उनले सरकारले जलविद्युत् आयोजनालाई सुरक्षा दिएर सुचारु गर्ने, विद्युत् उत्पादनका लागि विदेशी तथा निजी क्षेत्रको लगानीलाई प्राथमिकता दिने तथा विद्युत् उत्पादनका लागि अनुमतिपत्र लिएर समयमा काम पूरा नगर्ने संस्था तथा व्यक्तिहरुलाई समेत कारबाही गर्ने दृढता व्यक्त गरिन् ।
मन्त्री ज्ञवालीले नियमित विद्युत् आपूर्तिका लागि भारतको कटैयाबाट नेपालतर्फ ल्याइएको ट्रान्समिशन क्रसिङ लाइन विस्तारका लागि भारत सरकारसँंग वार्ता भइरहेको जानकारी दिइन् । मन्त्री ज्ञवालीले जनतालाई राहत दिन सरकारले भारतसँग सीमा जोडिएका दक्षिणवर्ती तराईका गाउँहरुमा कोइलाको माध्यमबाट वातावरण मैत्री ऊर्जा उत्पादन गर्न लागेको बताए । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.