ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं । बंगलादेशमा जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज नेपालले आयोजक बंगलादेशको सामना गदैंछ । बंगलादेश टेस्ट मान्यताप्रास्त राष्ट्र हो ।
समूह ‘ए’ का सुरुवाती खेलमा सनसनी पूर्ण जीत दर्ता गराएका दुवै टोलीको आजको प्रस्तुती अझै सनसनी पूर्ण हुने खेलप्रेमीको विश्वास छ ।
प्रतियोगिता अन्तर्गत चैत २ गते भएको पहिलो खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गरेको थियो भने बंगलादेशले अफगानिस्तानलाई ९ विकेटले हराएको थियो ।
दुवै टोलीका कप्तानहरुले आजको खेल दुबैका लागि चुनौतीपूर्ण रहेको बताएका छन् ।
बंगलादेशसँगको खेल चुनौतीपूर्ण रहने भन्दै नेपाली टोलीका कप्तान पारस खड्काले यसलाई डटेर सामना गर्ने बताए । चटगाउँमा सोमबार भएको प्रि म्याच कन्फ्रेन्समा कप्तान पारसले भने-’यो राम्रो चुनौती हुनेछ हाम्रो लागि । टेष्ट खेल्न राष्ट्रसँग क्रिकेट खेल्ने मौका हामीले हतपत पाउँदैनौं । सक्दो प्रयास गर्ने छौं राम्रो खेल्नका लागि ।’
त्यस्तै बंगलादेशी कप्तान मुसफिकर रहिमले पनि नेपाललाई कम आक्न नसकिने बताएका छन् । रहिमले आफूहरु नेपालजस्तो प्रतिद्वन्द्वी भनेर ढुक्क हुने अवस्थामा नरहेको बताए । नेपाली खेलाडीको राम्रो प्रस्तुती रहेको भन्दै पछिल्लो पटक उनीहरुले खेलेको खेललाई हेरेर नयाँ रणनीति बनाएको उनको दाबी छ ।
खेल साँझ सवा ७ बजेपछि सञ्चालन हुनेछ ।
FOR LIVE UPDATE CLICK DOWN

0 comments

Write Down Your Responses

Powered by Blogger.