साहरुख र छोरा सँगसँगै फिल्म खेल्दै

बलिउड स्टार शाहरुख खान र उनका जेठा छोरा आर्यन अब एउटै पर्दामा देखिदै छन् ।
भारतीय पत्रिका टाइम्स अफ इण्डियाका अनुसार एक फिल्म निर्माताले शाहरुखका साथ उनका छोरालाई फिल्म खेल्न अफर गरेका छन् ।
तर, शाहरुखले भने अहिले नै कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । उनका छोरा अहिले लण्डनमा अध्ययन गरिरहेका छन् ।
हालै सामाजिक संजालमा आर्यन र अमिताभ बच्चनकी नातिनीको सम्बन्धका बिषयमा चर्चा हुन थालेको छ । अमिताभकी छोरीपट्टीकी नातिनी र शाहरुखका छोराले अहिले एउटै स्कूलमा पढ्दै छन् । उनीहरुले खुसीका पल संगै बिताएका तस्वीरहरु अहिले सामाजिक संजालमा छाएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.