सुँगुर चढेर शहर सयर, रहर कि बाध्यता ?

तपाईले मानिसको घोडामा सवारी गरेको त देख्नु भएको होला । खाडी मुलुकहरुमा उँटमा चढेर पनि हिडिन्छ ।

तर, सुँगुर चढ्ने चलन संसारमा कहीँ पनि छैन् । आजकल यस्तो कहीँ नभएको चीज हुन्छ छिमेकी मुलुक चीनमा ।
चिनियाँ बजारमा हालै एउटा किसान सुँगुरमा चढेर घुमिरहेको भेटिए । छेउँमै लाखौं करोडौंका महंगा गाडीमा सबार भइरहेकाहरुले उनलाई रमाइलो मानेर हेरे, कुनै सेलिब्रीटी झैं उनको वरिपरि मानिसहरु क्यामेर लिएर झुम्मिए ।
उनी न त सुपरस्टार हुन न चर्चित अनुहार । तर, सुँगुरको सवारीले उनलाई हेर्न चाहनेहरु धेरै छन् ।
यी व्यक्ति ६८ वर्षका छन् र उनी पेशाले किसान हुन् । उनीसँग २ सय ५० किलो तालै भएको सुँगुर छ । यो करिव ३ फुट लामो छ ।
उनी रहरले सुँगुर चढेका भने होइनन् । फोक्सोमा समस्या भएका कारण हिडडुल गर्न गाह्रो भएपछि उनले यस्तो उपाये अपनाएका हुन् । उनी घरबाट बजार जान र फर्कन सुँगुरको सवारी गर्न गर्छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.