सन्नी लियोनी पश्चात अर्का बलिउड स्टार नेपालमा


पोर्न स्टार सन्नी लियोनी नेपाल आएको केही दिन वित्न नपाउँदै अर्का बलिउड कलाकार नेपाल आएका छन् । ‘मुन्ना भाई एम्बीबीएस’ कलाकार अरसद वारसी बिदा मनाउनका लागि नेपाल आएका हुन् ।
उनले १२ घन्टा अघि आफ्नो ट्विटर मार्फत नेपाल हिडेको जनाएका थिए । उनी ट्रेकिङमा रमाउने छन् । उनी १५ दिन नेपालमा रहनेछन् । नेपालबाट फर्के लगतै उनी आइफा अवार्डका लागि अमेरिका पुग्नेछन् ।
पछिल्लो समयमा बिदा मनाउनका लागि बलिउड स्टारहरु नेपाल आउन थालेका छन् । सन्नी लियोनीले नयाँ बर्ष मनाउन फेरि नेपाल आउने जनाएकी छिन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.