सिरानीमा मोबाइल राख्नु हानिकारक

अचेल मोबाइल फोन यति प्यारो बनेको छ कि सुत्दा पनि सिरानीमा च्याप्ने धेरैजना छन् । फोन र एसएमएससँगै फेसबुक च्याटको लागि ‘मोबाइल पिरती’ बढेको छ । यो ‘पिरती’ गाँस्न युवा पुस्ता अगाडि छन् ।
तर, यो बानी स्वास्थ्यको लागि हानिकारक रहेको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अफकम कम्पनीका वैज्ञानिकहरुले गरेको शोधमा ८० प्रतिशत प्रयोगकर्ता सिरानीमा मोबाइल च्याप्ने गर्छन् ।
बेलायतस्थित द स्लीप स्कूलका शोधकर्ता डा. गोय मिडोज अनुसार सुत्दाखेरि सिरानीमा मोबाइल च्याप्दा हाम्रो मस्तिष्क सक्रिय भइरहन्छ । गहिरो निन्द्रा नपर्दा भोलिपल्टको दिन तनावयुक्त र आलस्य हुने गर्दछ । जबकि मानिस सुत्दा शारीरिक र मानसिक दुबै आराम आवश्यक पर्दछ । सुत्दा मष्तिष्कले विश्राम पाउनुपर्ने हुन्छ ।
हावर्ड युनिभर्सिटीका शोधकर्ता चार्ल सिजलर भन्छन् ‘सुत्ने बेला साथैमा मोबाइल राख्दा शरिरको प्राकृतिक व्यवहार प्रभावित हुन्छ । यसले मस्तिष्कलाई दिन र रात छुट्याउन वा सक्रियता देखाउनु पर्ने वा नपर्ने अलमल हुन्छ ।’
सुत्ने बेला मोबाइल सिरानीमा राख्दा शरिरमा मेलाटोनिन हर्मोनको नियन्त्रणमा प्रभाव पर्दछ जसले कोर्टिजोन नामक स्टे्रस हर्मोनको स्तर बढ्छ । यस्तो हुँदा निद्रामा पनि तनाव महसुस गरिरहेका हुन्छौं ।
v

0 comments

Write Down Your Responses

Powered by Blogger.