ट्रकले किच्दाकिच्दै जन्मिएको बच्चा सुरक्षित, आमाबाबु परमधाम
यो
तस्वीर ती चमत्कारिक बच्चाको हो, जसको गर्भवती आमालाई भयानक सडक
दुर्घटनामा ट्रकले किचेको थियो । त्यस समय आमाको गर्भबाट निस्किएको यो
बच्चा केही मिटर पर पुगेर बजारियो । तर, सुरक्षित रह्यो ।
घटना चीनको फुजियान प्रान्तको जियामैन
शहरमा भएको हो । ४२ वर्षका माओ गर्भवती पत्नी वाङ झाउलाई सुत्केरी गराउन
मोटरसाइकलमा अस्पताल लैजाँदै थिए । पत्नीलाई व्यथाले चापेपछि माओले
एम्बुलेन्स कुर्नुभन्दा मोटरसाइकलमै कुदाएर अस्पताल पुर्याउन सही ठाने ।
तर, बाटोमा एक ट्रकले उनको मोटरसाइकललाई
ठक्कर दियो र वाङ झाउलाई ट्रकले किच्यो । घटनाका क्रममा उनको पेटबाट
उछिट्टिएको बच्चा झण्डै तीन मिटरपरसम्म पुग्यो । तर, बच्चालाई निधारमा
समान्य चोट लाग्नु बाहेक केही भएन । बच्चाको तौल ९.२ पाउण्ड छ ।
दुर्घटनामा बाबुआमा गुमाएका बच्चाको नाम
जियाओ झाओ राखिएको छ । प्रत्यक्षदर्शीहरुले बताए अनुसार ट्रकले कुल्चिएकै
बेला वाङ झाउले बच्चालाई जन्म दिएकी थिइन् ।
0 comments
Write Down Your Responses