पोर्न साइटमा बेलायती अगाडि

बेलायतमा गरिएको एक अध्ययनअनुसार गत जुन महिनाभर क्लिक गरिएको बेवसाइटमा आठ दशमलव पाँच प्रतिशत पोर्न साइटमा क्लिक गरिएको पाइएको छ। पोर्न साइटपछि सबैभन्दा धेरै हेरिएको साइट मानोरन्जनको हो। त्यसमा पनि युट्युब चलाउनेको संख्या उल्लेखनीय छ।
यो अध्ययनमा कुनै एक किसिमको साइटको वेभ ट्राफिक नहेरी हिटमात्र हेरिएको थियो। यसले बेलायतमा पोर्न साइट कति पपुलर छ भन्ने पत्ता लागेको छ। बेलायतमा पोर्न साइट चलाउनेको संख्या विश्वको औसत पोर्न चलाउने संख्याभन्दा माथि छ। विश्वमा औसत पोर्न साइट चलाउनेको संख्या सात दशमलव सात प्रतिशत छ। युरोपमै पोर्न साइट चलाउनेको संख्या जर्मनमा सबैभन्दा धेरै १२.५ प्रतिशत र स्पेनमा ९.६ प्रतिशत छ। तर, अमेरिका, फ्रान्स, अस्ट्रेलियामा भने यो संख्या निकै कम छ। बेलायतमा केही समययता बढेको बालबालिकामाथि हुने यौनजन्य अपराधलाई पोर्न साइटसँग जोडिएपछि भने प्रधानमन्त्री डेभिड क्यामरुन चिन्तित भएका छन्। अध्ययनकर्तामध्येका एक ड्यानियल बुचुकले 'गार्जियन' पत्रिकासँग भनेका छन्, 'यो अध्ययनले बेलायतीहरू के गर्न इन्टरनेटको प्रयोग गर्दा रहेछन् भन्ने भेद खुलेको छ। हुन त संसारभर यही नै भइरहेको छ। अचम्म त, भएजति सबै सामाजिक सञ्जाल चलाउनेहरूलाई एकै ठाउँमा राख्दा पनि पोर्न साइट नै अगाडि देखियो।' केही समयदेखि पोर्न साइटलाई बेलायतमा बन्द गर्नुपर्ने बताउँदै आएका प्रधानमन्त्री क्यामरुनलाई यस अध्ययनले अझ बढी निराश बनाएको छ। क्यामरुन पोर्न साइटलाई प्रयोगकर्ताको आग्रहमा मात्र इन्टरनेट सर्भिस प्रोभाइडरले हेर्न मिल्ने बनाउने पक्षमा छन्। बेलायतमा त यसलाई लागु गरिसकिएको छ। यो वर्षको अन्त्यसम्ममा सबै आइएसपीहरूले यो नियम लागु गर्नुपर्ने छ। आइएसपीले अब नयाँ ग्राहक बनाउँदा पोर्न साइट खोल्ने कि बन्द गर्ने भनेर सोध्नुपर्ने छ। ग्राहकले त्यसको माग गरेमात्र पोर्न हेर्न मिल्ने बनाउन पाइने भएको छ। संसदीय अनुसन्धान समितिले गत वर्ष नै सरकारलाई पोर्न साइट सम्बन्धी कडा कानुन ल्याउन निर्देशन दिएको थियो। 'चाइल्ड एक्सप्लोइटेसन एन्ड अनलाइन प्रोटेक्सन सेन्टर'लाई उक्त कानुन पालना भए/नभएको हेर्ने जिम्मा दिइएको छ। अब ब्यान्ड गरिएका सामग्री हेर्नेहरूको तथ्यांक राखिने छ। यसले प्रहरीलाई बाल यौन दुराचारीमाथि निगरानी राख्न सजिलो हुने अनुमान गरिएको छ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.