पूर्व प्रधानमन्त्री भट्टराई बाख्रापालनको तयारीमा


१५ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् एकीकृत नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले सक्रिय राजनीतिक जीवनपछिको बाँकी समय गोरखामै पशुपालन व्यवसाय गरेर बिताउने बताएका छन् । गोरखा पर्यटन समाजले गरेको कार्यक्रममा डा भट्टराईले भने-’मैले यस्तोभन्दा धेरैले मेरो भनाइमा विश्वास नगर्लान् तर म गोरखा जिल्लामै बसेर त्यहीँ मर्न चाहन्छु ।’ विदेशिने वा काठमाडौँमा बस्ने प्रवृतिको अन्त्य गर्न जरुरी रहेको भन्दै उनले सबै व्यक्ति गाउँ फर्केर जान आवश्यक रहेको बताए । उनले भने-’छोराछोरीलाई विदेश पठाउने र उनीहरु उतै बस्ने तथा बाबुआमा काठमाडौँमा आएर बस्ने दुवै प्रवृति बढ्दै गएको छ, यसलाई निरुत्साहित गर्न जरुरी छ ।’ परम्परागत खेतीपाती गर्ने वा जागिर गर्ने दुवै मानसिकता त्यागी अबको पुस्ताले आफैँ उद्यमशील बन्न जरुरी रहेको उनको भनाइ थियो । उनले भने-’मेरो गोरखाको घर रहेको क्षेत्रमा खेती बढी हुँदैन, सो ठाउँमा बाख्रापालन गर्न उपयुक्त छ, साथीसँग मिलेर अहिलेदेखि नै बाख्रापालन गर्ने तयारीसमेत गरेको छु ।’ रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.