धेरै हेरिने पाँच पोर्न साइट (लिंक सहित )

इन्टरनेट विश्वको सबै सूचनाको वाहक अनि केन्द्रका रूपमा स्थापित भैसकेको छ। यसमा शिक्षादेखि व्यापार सबै गतिविधिकेन्दि्रत भएका छन्। दुनियाँको जनसंख्याको अधिकांश हिस्सा जोडिएको इन्टरनेटमा सबैभन्दा बढी मनोरञ्जनसम्बन्धी गतिविधि हुन्छ। त्यसो त दैनिक रूपमा बढिरहेको ट्राफिकमध्ये धेरै पोर्न तथा सेक्ससम्बन्धी साइटमा केन्दि्रत हुने गरेको छ। इन्टरनेट पोर्न तथा सेक्सका लागि सबै भन्दा सजिलो र सस्तो माध्यम भएको छ। निःशुल्क रूपमा उपलब्ध हुने भएकाले पनि इन्टरनेटमा पोर्न हेर्नेहरूको संख्या निरन्तर बढिरहेको छ। इन्टरनेटमा हुने कुल व्यापारमा पनि पोर्नको हिस्सा उल्लेख्य छ।

यसमा यौन व्यापार गरेर करोडपति बन्नेदेखि यसमा उपलब्ध सामाजिक सञ्जालमा भेटिएर पतिपत्नि बन्नेसम्मका घटना थुप्रै छन्। त्यसो त फेसबुकजस्ता सामाजिक सञ्जालबाट यौनधन्दा गर्नेहरूको संख्या पनि कम छैन। सामाजिक सञ्जाल नै यौन गतिविधि गर्ने केन्द्रका रूपमा पनि देखिएका छन्। इन्टरनेटमा जोडिन आउने व्यक्तिका कारण विभिन्न वेबसाइटमा दैनिक रूपमा ट्राफिक बढ्ने वा घट्ने भैरहेको हुन्छ। दैनिक भिजिट हुने यस्ता साइटको वर्गीकरण तथा तिनको ट्राफिकका आधारमा एलेक्साडटकमले विभिन्न वेबसाइटलाई र्‍यांक गर्छ। एलेक्साको र्‍यांकमा सबैभन्दा बढी हेरिने पोर्न साइट ः

लाइभ जस्मिन

विश्वमा पोर्न एवं सेक्स भिडियो तथा तस्बिर हेर्ने प्रयोजनका लागि सबैभन्दा बढी हेरिने वेबसाइट हो- लाइभ जस्मिन। विश्वका अन्य ६६ वेबसाइट मात्र यसभन्दा अगाडि छन् इन्टरनेटमा हेरिने आधारमा। एलेक्साको लिस्टमा यो साइट सबैभन्दा बढी हेरिनेमा ६७ औं स्थानमा छ। अमेरिकामा यसको स्थान बढी हेरिनेमा ५४ औंमा छ। यसको लिंक पनि अन्य पोर्न साइट भन्दा धेरै वेबसाइटमा छ। यो वेबसाइटलाई १७ हजार ९ सय १६ वेबसाइटले लिंक गरेका छन्। यो वेबसाइट सुरु भएको ११ वर्ष भैसकेको छ। अमेरिकामा यसका २५ दशमलव ९ प्रतिशत भिजिटर छन् भने इटालीमा १६ दशमलव २ तथा जर्मनीमा ६ दशमलव ७ प्रतिशत भिजिटर छन्। यो अमेरिकापछि इटाली, बेल्जियम तथा स्वीट्जरल्यान्डमा बढी लोकप्रिय छ। यो इटालीमा सबैभन्दा बढी हेरिने ११ नम्बरको वेबसाइट हो।

युपोर्न

निःशुल्क पोर्न भिडियोका लागि समर्पित वेबसाइटका रूपमा सुरु भएको युपोर्नलाई एलेक्साले विश्वको दोस्रो सबैभन्दा बढी हेरिने पोर्न साइट मानेको छ। यसले आफू सबैभन्दा राम्रा पोर्न भिडियो उपलब्ध साइट भएको दाबी गर्छ। यसमा विभिन्न शैली र संस्कारबाट प्रभावित यौन गतिविधिका भिडियो पैसा तिरेर तथा लाइभ हेर्न सकिन्छ। यो विश्वको १ सय १४ नम्बरको वेबसाइट हो। यो अमेरिकामा ९१ नम्बरमा रहेको साइट हो। यसको लिंक ८ हजार ८ सय १२ वेबसाइटमा फेला पार्न सकिन्छ। यो वेबसाइट अमेरिकामा भन्दा पनि इटाली, जर्मनी तथा अस्ट्रियामा बढी लोकप्रिय छ। यसका भिजिटर अमेरिकामा २२ दशमलव ४ प्रतिशत छन् भने जर्मनीमा ९ दशमलव ४, भारतमा यसका भिजिटर ६ दशमलव ७ प्रतिशत छन्।

एक्सएनएक्सएक्स
२४ लाख ६९ हजार २ सय ६३ सेक्स भिडियो उपलब्ध गराउने यो वेबसाइट विश्वको तेस्रो सबैभन्दा बढी हेरिने पोर्न साइट हो। यसले आफ्नो वेबसाइटमै शतप्रतिशत पोर्न मुभिज र सेक्स सामग्री भन्ने नारा उल्लेख गरेको छ। निःशुल्क पोर्न, सेक्स, ट्युब भिडियो तथा तस्बिर भण्डारका रूपमा विकास भएको यो वेबसाइट विश्वको ११३ औं बढी हेरिने वेबसाइट हो। अमेरिकामा भने यो ९१ औं स्थानको वेबसाइट हो। यसका २५ प्रतिशत भिजिटर अमेरिकी हुन्। त्यसबाहेक यो इराक, मोरक्को तथा ट्युनिसियामा बढी लोकप्रिय छ। इराकमा यसको स्थान ७ औं छ। इजिप्टमा यसको स्थान १७ औं छ। एक दशकदेखि चलिरहेको यो वेबसाइटको लिंक ८ हजार ८ सय ९४ वेबसाइटमा छ। भारत यो वेबसाइटको अमेरिका पछिको दोस्रो ठूलो बजार हो जहाँबाट यसमा ८ दशमलव ६ प्रतिशत ट्राफिक जान्छ।

एडल्ट फ्रेन्ड फाइन्डर

एलेक्साले चौथो बढी हेरिने पोर्न साइटका रूपमा सूचीकृत गरेको एडल्ट फ्रेन्ड फाइन्डर सदस्यतासहितको वेबसाइट हो। नाम अनुसार नै यो वेबसाइट विभिन्न देश तथा क्षेत्रका युवा-युवतीसँग यौनका हिसाबले सम्पर्क बढाउन उपयोगी छ। यसमा यौनिकता बाँड्न चाहनेहरूका लागि भिडियो तथा फोटो अपलोड गर्ने सुविधा छ। यसमा फोटो एवं भिडियो सेयर गर्न तथा सेक्स च्याट गर्न सकिन्छ। एलेक्साले यसलाई विश्वको २ सय ४६ औं नम्बरमा राखेको छ। अमेरिकामा यसको स्थान २ सय २१ औं छ। यो वेबसाइटको खिंक२३ हजार ६ सय ५१ वेबसाइटसँग छ। सन् १९९७ देखि सञ्चालनमा आएको यो वेबसाइट ताइवान, मेक्सिको, स्वीटजरल्यान्ड, ब्रालिज, कोलम्बिया आदि मुलुकमा बढी लोकप्रिय छ। अमेरिकामा यसका २६ दशमलव ६ प्रतिशत भिजिटर छन् भने भारतबाट मात्र यसलाई ५ दशमलव ५ प्रतिशत ट्राफिक मिल्छ।

स्ट्रिममेट

यो लाइभ सेक्स, वेब क्याम भिडियो च्याट तथा लाइभ गर्ल सेक्ससम्बन्धी वेबसाइट हो। १८ वर्षभन्दा माथिकाहरूले मात्र हेर्न मिल्ने यो साइटमा भाषा, धर्मजस्ता आधारमा पोर्न चलचित्र तथा भिडियो राखिएका छन्। एलेक्साले स्ट्रिममेटलाई वयष्क वर्गको पाँचौं बढी हेरिने साइटका रूपमा सूचीकृत गरेको छ। हरेक वयष्क भिडियो लाइभ हेर्न सकिने यो साइटमा भिडियो हेर्न पैसा तिर्नुपर्छ। यो विश्वव्यापी रूपमा हेरिने ९ सय ८३ औं वेबसाइट हो भने अमेरिकामा यसको स्थान ४ सय ४४ मा छ। यो वेबसाइटलाई २ हजार ३ सय ४१ वेबसाइटले लिंक गरेका छन्। यसका दर्शकमध्ये ४५ प्रतिशत अमेरिकी हुन्। क्यानाडामा यसको स्थान ४ सय १६ औं नम्बरमा छ। सन् २०१३ मै प्रारम्भ भएको यो वेबसाइटका मुख्य दर्शक पुरुष हुन्।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.