५० करोड नहुँदा ५० सिट गुम्योः राप्रपा नेपाल

काठमाडौं । संविधानसभामा समानुपातिकतर्फ २४ सिट ल्याएको राप्रपा नेपालले ५० करोड खर्च गर्न नसक्दा ५० सिट ल्याउन नसकेको निष्कर्ष निकालेको छ । संविधानसभा निर्वाचनको परिणामबारे समीक्षा गर्दै तयार पारिएको प्रतिवेदनमा उम्मेद्वार छनोट, एजेन्डा र संगठन विस्तारमा पनि कमजोरी रहेको उल्लेख छ ।
राप्रपा नेपालले संविधानसभा निर्वाचन परिणामबारे समीक्षा गर्न टंक ढकालको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको थियो । समितिले बिहीबार पार्टी अध्यक्ष कमल थापालाई प्रतिवेदन बुझाइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचनमा ५० करोडसम्म रुपैयाँ खर्च गर्न पाएको भए समानुपातिकमा पार्टीको ५० सिटसम्म आउन सक्थ्यो ।’
साधन-स्रोतको अभाव, कमजोर संगठन र धेरैजसो ठाउँमा कमजोर उम्मेद्वारका कारण पार्टीले अनपेक्षित हार व्यहोरेको निष्कर्ष पनि प्रतिवेदनमा उल्लेख गरिएको नयाँ पत्रिकामा खबर छ ।
प्रतिवेदनमा राप्रपा नेपालले निर्वाचनमा उठाएका एजेन्डा उपयुक्त रहेको, तर हिन्दुधर्मको एजेन्डालाई सशक्त रुपमा लैजान नसकिएकाले कम भोट आएको उल्लेख गरिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.