प्रबल गुरुङको डिजाइनमा करिना कपुर



बलिउड अभिनेत्री करिना कपुर खानले नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइनमा फोटो सूट गरेकी छिन् । स्प्रिङ २०१४ सिजनका लागि गुरुङले तयार पारेको यो वार्डरोव लगाएर करिनाले भग इन्डिया म्यानगजिनमा फोटोसुट गराएकी हुन् । रोज पि्रन्टेड सिल्क, ब्याक ब्लाउज, कन्ट्रास्ट योक र स्लिभमा करिना आकर्षक देखिएकी छिन् । उक्त म्यागजिनले करिनालाई मार्च संस्करणको कभर स्टोरी प्रस्तुत गरेको छ । प्रबलले डिजाइन गरेको स्प्रिङको डिजाइनलाई विश्वका धेरै सेलेवि्रटीले लगाइसकेका छन् । अमेरिकी प्रथम महिला मिसेल ओबामा, बेलायती राजकुमारी केट मिडलटनसहित बिश्वका चर्चित सेलिबि्रटीका उनी पि्रय फेसन डिजाइनर हुन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.