नेपालको पोर्न सर्वेक्षणको डरलाग्दो तथ्यांक

तराईका ३२ जिल्लाका ९ सय यौन व्यवसायी महिलामा केही समयअघि एक संस्थाले गरेको सर्वेक्षण छापाहरूमा सार्वजनिक भएको थियो, जसअनुसार ४२ प्रतिशत यौनव्यवसायीले यो पेसा अँगालेको १ वर्ष पनि भएको छैन। दिनप्रतिदिन यौनव्यवसायमा संलग्न हुने महिलाहरूको संख्या बढ्दो छ।
राजमार्ग वरपरका ती महिलामध्ये ६५ प्रतिशतले १५ वर्षभन्दा कम उमेरमा पहिलो यौनसम्पर्क भएको बताएको सर्वेक्षणले देखाएको थियो। यस्तै ३८ प्रतिशत २० वर्षभन्दा कम उमेरका थिए। आफ्नो मात्र नभै परिवारसमेत उनीहरूको यौनव्यवसायको आयमा निर्भर छ। ९ सयमा ५२ प्रतिशत निरक्षर रहेको देखिने तथ्यांकमा ६ प्रतिशतले एसएलसी उत्तीर्ण गरेको कुरा उल्लेख छ। अचम्म त के भने यौनकर्मीका रूपमा कार्यरत ६८ प्रतिशत महिला विवाहित छन्। १७ प्रतिशत यौनकर्मी महिलाले सम्बन्धविच्छेद वा लोग्नेबाट टाढा रहेको उल्लेख गरेको सर्वेक्षणले बताउँछ। १२ प्रतिशत एकल महिला पनि यौन व्यवसायमा छन्। ३४ प्रतिशत अविवाहित छन्। विवाहितमध्ये पनि करिब २९ प्रतिशतले उनीहरूका श्रीमान्को अर्की पनि श्रीमती भएको बताएका छन्। अध्ययनमा सहभागी ६ सयमध्ये २ दशमलव ३ प्रतिशतमा एचआईभी एड्सको संक्रमण देखिएको थियो। ६८ प्रतिशत यौनकर्मी महिलाका ग्राहक यातायात मजदुर हुन्। विवाहित यौनकर्मी महिलामध्ये करिब ८१ प्रतिशतले गर्भधारणबाट जोगिन परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन्। ३१ प्रतिशतले ९ वर्षदेखि १४ वर्षको उमेरमा पहिलोपटक यौनसम्पर्क गरेको बताएका थिए। १५ देखि १९ वर्षभित्र पहिलो यौनसम्पर्क गर्ने ६२ प्रतिशत रहेको अनुसन्धानले देखाएको छ। ३२ प्रतिशत यौनव्यवसायीको विवाह ६ देखि १४ वर्ष उमेरमा भएको छ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.