प्रस्ताव राखेर चर्चित

आइटम गर्ल राखी सावन्त चर्चामा आउनका लागि जे-जस्तो हर्कत गर्न पनि पछि पर्दिनन्।
यतिबेला राखीले भारतका दिग्गज नेताहरूका बारेमा टिप्पणी गर्दै आफूलाई चर्चामा ल्याएकी हुन्। हालै मात्र उनी भोजपुरी चलचित्र 'कट्टा तनल दुपट्टा' को प्रचारमा थिइन्। त्यसक्रममा उनले युवा नेता राहुल गान्धीलाई अत्यन्त हेन्डसम नेता भएको टिप्पणी मात्र गरिनन्, राहुलले 'हुन्छ' भने उनीसँग विवाह गर्न समेत तयार भएको बताइन्। राखीले राहुल गान्धीसँग विवाह गर्न तयार छु भन्ने अभिव्यक्ति दिए लगत्तै भारतीय टेलिभिजन च्यानलमा त्यसले राम्रो स्थान पायो।

0 comments

Write Down Your Responses

Powered by Blogger.