‘दीपिकाले रणवीर सिंहसँग रात बिताइन्’

दीपिका पादुकोण र रणवीर सिंहबीचको प्रेमसम्बन्धले एक पटक पुनः बलिउड तातेको छ । एउटा भारतीय वेबसाइटले यी दुर्इजनाबीचको सम्बन्धबारे जिब्रै टोक्ने खबर बाहिर ल्याएपछि बलिउड तातेको हो ।
दीपिकाले ४ मार्चको रात रणवीर सिंहसँग उनको घरमा गुजारेको खबरले बलिउड तातेको हो । खबरअनुसार दीपिका राति १२ बजे भन्दा अघि नै कालो रंगको कारमा चढेर रणवीर सिंहको घरमा पसेकी थिइन् ।
पूरा रात रणवीरसँग गुजारेपछि दीपिका भोलिपल्ट विहान ५ बजे रणवीर सिंहको घर बाहिर निस्केकी थिइन् । यो पटक भने उनी रणवीरकै सेतो मर्सिडिज कारबाट उनी घर लागेकी थिइन् ।
एक वर्षयता रणवीर र दीपिकाको सम्बन्धलार्इ लिएर बलिउडमा लगातार खिचडी पाकिरहेको छ । दुबैले प्रेमसम्बन्धबारेमा अहिलेसम्म मुख खोलेका छैनन् । तर पनि रणवीर सिंह कुरै कुरामा  धेरै पटक संकेत गरिसकेका छन् कि दीपिकालार्इ लिएर उनको दिलमा केही केही भइरहेको हुन्छ ।
दीपिकाले पनि यसबारे संकेत नदिए पनि उनी धेरै पटक रणवीरको बंगालमा बसेको अवस्थामा देखिएकी छन् । समाचारबारे दुबैले केही नबोले पनि रणवीर र दीपिका अहिले बलिउडका हट गसिप जोडी भने बनिसकेका छन् ।
यसअघि एक कार्यक्रममा रणवीर सिंहले अब उनी सेटल हुनका लागि जोडीको खोजीमा छन् । उनले आफ्नी जीवनसाथी आफूलार्इ नियन्त्रणमा राख्नसक्ने हुनुपर्ने पनि बतएका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.