क्याटरिनासँग अनुहार मिल्दा फ्लप जरिन खान

सलमान खानले बलिउडमा इन्ट्री दिएपछि चर्चामा आएकी अभिनेत्री जरिन खानले आफ्नो तुलना सेक्सी अभिनेत्री क्याटरिना कैफसँग कहिले नगरेको बताएकी छन् । आफूलार्इ क्याटरिनासँग दर्शकहरूले तुलना गरिदिएको उनको भनाइ छ ।

 सलमान खानसँग हिन्दी फिल्मबाट बीरबाट बलिउडमा पाइला राखेकी जरिनले क्याटरिनाको प्रशंसा गर्दै उनी जति शरीरले सुन्दर छिन्, उनको मन पनि त्यति नै सुन्दर छ । कसैको खुसीका लागि आफूलार्इ क्याटरिनासँग तुलना गरिए आफ्नो फिल्मी करियरमा धक्का लाग्ने जरिनको भनाइ छ ।
तथापि फिल्मी पण्डितहरूले जरिनसँग मिल्दो क्याटरिनाको अनुहारलार्इ नै जरिन फ्लप हुनुको मूख्य कारण ठानेका छन् । क्याटरिनासँग अनुहार मिल्ने जरिनले पछिल्ला दिनमा आफ्नो बढेको तौल कम गर्न गरेको प्रयासले चर्चामा छिन् ।
जरिनले भनेकी छन्, उनले आफू मोटी भएको कुरा मिडियाले आलोचना गरेपछि शरीर घटाउन परेको हो । जरिनको अनुहारको आकृति क्याटरिनासँग मिलेपनि उनी क्याटरिनाजस्तै सेक्सी र सुन्दरी कहिले पनि देखिइनन् । त्यसैले उनलार्इ मानिसले मोटी भनेर बोलाउन थालेका थिए ।
मिडियामा हल्ला चलेको थियो कि जरिनको मोटपना नै उनको असफलताको प्रमुख कारण हो ।
जरिन अहिले रेमो डिसुजाको फिल्ममा ब्यस्त छिन् । उनका अभिनेताका रूपमा अभिनेता राजीव खन्डेलवाल रहेका छन् । जरिनले भनेकी छन्, ‘मैले केही दिनअघिमात्रै राजिव खन्डेलवालसँग एउटा फिल्मको सुटिङ सकेकी छु, अर्को पञ्जाबी फिल्ममा पनि अभिनय गरिरहेकी छु ।’
 जरिनको कुराले के प्रष्ट हुन्छ भने उनी सलमान खानकै कारण बलिउडमा पाइला राख्न सफल भएकी हुन् । तर पनि उनले सलमानजस्तै स्वभाव विल्कुल नभएको बताएकी छन् । सलमान मिडियाको आलोचना सुनेर पनि प्रतिक्रिया कमै दिन्छन् भने अर्कातर्फ जरीनले मिडियाको कुरामा परेर शरीर घटाउन पुगेकी हुन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.