साँझ ६ देखि ९ बजेसम्म लोडसेडिङ हुँदैन : ऊर्जामन्त्री

काठमाडौं– प्रायः बेलुका खाना पकाउने, विद्यार्थी पढ्ने र समाचार हेर्ने बेलामा लोडसेडिङको मार खेप्दै आएका सर्वसाधारणले अब केही राहत पाउने भएका छन्। ऊर्जा मन्त्री राधा ज्ञवालीले अन्तर्राष्ट्रिय महिला दिवस २०७० का अवसरमा शनिबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसद्वारा आयोजित कार्यक्रममा भने, ‘महिला दिदीबहिनीले घरमा काम गर्ने तथा विद्यार्थी पढ्ने र समाचार हेर्ने बेला बेलुका ६ देखि ९ बजेसम्म विद्युत्भार कटौती नहुने व्यवस्था गर्दैछु।'
दैनिक १२ घन्टा विद्युत कटौती भइरहेको चुनौतीपूर्ण समयमा ऊर्जामन्त्री भए पनि पाँच वर्षभित्र मुलुकलाई लोडसेडिङ मुक्त बनाउने कार्ययोजना बनाउन केन्द्रित रहेको पनि उनले जनाइन्।

0 comments

Write Down Your Responses

Powered by Blogger.