औंठी नपाउँदा बेहुली अस्वीकार

२५ फागुन, विराटनगर । विश्वभर नारी दिवस मनाइरहँदा मोरङमा जन्ती लिएर आएका बेहुलाले भने ससुरालीको सुनको औंठी नदिएको भन्दै बेहुली अन्माएर लैजान अस्वीकार गरेका छन् । बाजागाजासहित शुक्रबार भारत बिहारबाट आएका २३ वर्षका राजकुमार दासले ससुरालीबाट औंठी नपाएको भन्दै उर्लाबारी-३ की १९ वर्षकी संगीता दासलाई लैजान अस्वीकार गरेका हुन् ।

विहार किसानगन्जस्थित पयाङ्टोला गाउँका दासले सिन्दुर हाल्ने बेलामा औंठी दिनुपर्ने नत्र बेहुली अस्वीकार गर्ने अड्डी कसेका थिए । बेहुलीको परिवारका सदस्य चटपटे बेचेर गुजारा गर्दै आएका छन् । बेहुलीका दाजु तपन दासले बेहुला पक्षले सुरुदेखि नै सुनको विषय झिकेर विवाद गरी शनिबार बिहान बेहुली अन्माएर लैजान अस्वीकार गरेको जानकारी दिए । ‘बिहेको कुरा छिन्दा बेहुला पक्षले चार तोला सुन र मोटरसाइकल दिनुपर्ने माग राखेका थिए,’ उनले भने, ‘हामी गरिब भएकाले दिन सक्दैनौं भनेपछि डेढ तोलाचैं दिनुपर्ने अडान लिएका थिए ।
तपनका अनुसार अहिले सुन छैन पछि दुलान फर्काउँदा दिन्छौं भन्नासाथ शुक्रबार राति ११ बजे विवाह भइरहेका बेला बेहुला मण्डपबाट जुरुक्क उठेका हुन् । ‘दाइजो र सम्पत्तिका विषयमा बेहुला पक्षसँग यसअघि पनि पटकपटक कुरा हुने गरेको थियो,’ उनले भने, ‘कुरा छिन्नुअघि सुन दिन सक्दैनौं भन्दा बेहुली भए हुन्छ पनि भन्थे, अन्तिममा आएर बेहुली नै लैजान मानेनन् ।’
दाइजो पनि कम भएको भन्दै बेहुला पक्षले विवाह भइरहेका बेला पटकपटक असन्तुष्टि व्यक्त गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.