एउटै जिल्लामा ५३ बोरा चिट !


एसएलसीलाई मर्यादित बनाउने क्रममा सप्तरीमा ५३ बोरा चिट र गेसपेपवर जलाइएको छ । परीक्षा सुरु हुनुअघि जिल्लाका ३४ परीक्षा केन्द्रको प्रवेशद्धारमा सुरक्षाकर्मीले गरेको चेकजाँचका क्रममा ५३ बोरा चिट र गेसपेपर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवत्ता डीएसपी राजकुमार बैदवारले जानकारी दिए । डिएसपी बैदवारका अनुसार परीषाको पहिलो दिन बिहीबार पनि विभिन्न परीक्षा केन्द्रबाट ३३ बोरा चिट र गेसपेपर बरामद भएको थियो । बरामद भएका सबै चिट र गेसपेपर सम्बन्धित परीक्षा केन्द्रमै आगजनी गरी नष्ट गराएको डिएसपी बैदवारले बताएको नयाँ पत्रिकामा खबर छ । यस्तै, परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै शुक्रबार सप्तरीका विभिन्न परीक्षा केन्द्रबाट ४९ परीक्षार्थी र पाँच निरीक्षकलाई निष्काशन गरिएको छ । शुक्रबार नेपाली विषयको परीक्षा थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.