फेसबुक महिला आत्मबिश्वासको दुस्मन ?

अक्सर महिलाहरु फेसबुकमा आफ्ना साथीको तस्वीर हेरेर समय विताउँछन् । यसले उनीहरुमा आफ्नो रुप रंग र बडी इमेजप्रति हिन भावना ल्याउने एक अध्ययनले देखाएको छ ।
अध्ययनका अनुसार समाजिक सञ्जालमा सेल्फी र अन्य तस्वीहरु धेरै अपलोड गर्ने र हेर्ने महिलाहरुले अरुसँग आफूलाई नकारात्मक रुपमा तुलना गर्ने गर्छन् । ब्रिटेन र अमेरिकाका विशेषज्ञहरुका अनुसार साथीहरुको तस्वीरले चर्चित अनुहारहरुले भन्दा बढी प्रभाव पार्छ किनकी उनीहरु चिनजानका हुन्छन् ।
समाजिक सञ्जालमा पुरुष भन्दा नवयुवतीहरुले बढी समय विताउँछन् । उनीहरु इन्टरनेटमा आफ्नो विभिन्न पोजका तस्वीरहरु शेयर गर्छन् ।
अध्ययनमा तीन विश्व विद्यालयका ८ सय ८१ छात्रालाई सहभागी गराइएको थियो । उनीहरुलाई फेसबुकको प्रयोग, खानपान, कसरत र बडी इमेजबारे प्रश्न सोधिएको थियो ।
अध्ययनमा फेसबुक र खानपिनको अनियमितामा कुनै सम्वन्ध पाइएन । तर, समाजिक संजालमा बिताएको समय र बडी इमेजका बीच नकारात्मक सम्वन्ध पाईएको छ । फेसबुकमा बढी समय विताउने महिलाहरुले साथीको फिगर, लुक र बडी इमेजसँग आफ्नो तुलना गर्छन् र मनमा अकेन कुरा खेलाउँछन् ।
जसले गर्दा उनीहरुले आफुलाई अरुभन्दा कमजोर महसुस गर्ने र आत्मबिश्वासमा कमी आउने देखिएको छ । सामान्यतयाः फेसबुकमा खुसी र मस्तीका बेलामा तस्वीरहरु सेयर गरिने भएकाले पनि ती तस्वीर हेर्ने महिलाले आफुलाई उदास महसुस गर्ने गरेको पाइएको छ ।
–बीबीसीको सहयोगमा

,

0 comments

Write Down Your Responses

Powered by Blogger.