श्रीमतीको हत्या गरेर प्रहरी समक्ष आत्मा समर्पण

ताप्लेजुङ ।  तेह्रथुममा एक व्यक्तिले श्रीमतीको हत्या गरेर नाबालक छोरा सहित प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् । म्याङलुङ नगरपालिका ५ मा श्रीमतीको हत्या गरी डेढ बर्षको छोरा साथमा लिई एक


पुरुष प्रहरीमा हाजिर हुन गएका हुन । ताप्लेजुङको फुङलिङ ७ स्थाई घर भई तेह्रथुमको म्याङलुङ नगरपालिका ५ बस्दै आएका ४५ वर्षका दलबहादुर बिश्वकर्माले ४० वर्षकी श्रीमती बिमला सार्र्कीको हत्या गरी प्रहरी चौकी पुगेर हत्या स्वीकार गरेका छन् । उनले गत शुक्रबार राती श्रीमतीको हत्या गरेको बताएका छन् । हत्यामा प्रयोग भएको हसियासहित प्रहरीकोमा पुगेका दल बहादुरले श्रीमतीको शवलाई भान्छा कोठामा साडीले छोपेर राखेको छु भनेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी टोलीले शव फेला पारेपछि दलबहादुरलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । 

,

0 comments

Write Down Your Responses

Powered by Blogger.