पुरुष भलिबल हेर्ने युवतीलाई जेल सजाय

 इरानमा पुरुष भलिबल खेल हेरेको आरोपमा एक युवतीलाई जेल सजाय दिइएको छ । इरानी मुलकी बेलायती युवती गोन्चा गभमीलाई पुरुषहरुको भलिबल प्रतियोगिता हेर्न खोजेको आरोपमा एक वर्षको जेल सजाय दिइएको बिबिसीले जनाएको छ ।


कानुन विषयमा स्नातक गरेकी २५ वर्षकी गभमीलाई गएको जुनमा इरानको राजधानी तेहरानमा रहेको स्टेडियमबाट पक्राउ गरिएको थियो । अदालतले उनलाई जेल सजयाको फैसला गरेपनि कारण भने खुलाएको छैन । इरानमा महिला–पुरुष एक स्थानमा भेला भएर खेल हेर्नु सार्वजनीक हित विपरित मानिन्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.