के छापियो मंगलबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० पुस २३ गते मंगलबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले संविधानसभा बैठक कसले बोलाउने विषयलाई लिएर राष्ट्रपति सक्रिय भएको र उक्त सक्रियतालाई कांग्रेसले स्वागत गरेको तर एमाले असन्तुष्ट भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् । कान्तिपुर दैनिकले नाम मात्रकै बजार अनुगमन भएको खबरलाई मुख्य रुपमा छापेको छ भने कोरियाली राजदूतले अनधिकृत रुपमा नेपाली कामदार लगेर व्यवसाय गरेको खबरलाई नागरिक दैनिकले मुख्य रुपमा छापेको छ । राहदानी लिनका लागि अनलाईनबाटै समय लिनसकिने व्यवस्था सुरु हुन लागेको अन्नपूर्ण पोस्टमा मुख्य खबर छ भने एमाले महाधिवेशन सर्ने प्रायः निश्चित भएको राजधानी दैनिकमा मुख्य खबर छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.