आइफोनबाट बनेको बन्दुकसहित १४ बर्षे किशोर समातिए

आईफोनबाट बन्दुक ? हजुर तपाई सही पढ्दै हुनुहुन्छ । एक १४ बर्षे किशोर आइफोनबाट बनाइएको बन्दुकसहित पक्राउ परेका छन् ।
बेलायतको म्यानचेष्टरमा शनिवार बिहान एक किशोर यस्तै अनौठो बन्दुकसहित पक्राउ पर्दा प्रहरीलाई पनि पत्याउन कठिन भयो ।
चेकजाँचका क्रममा प्रहरीले खोलसहितको आइफोन बोकेका किशोरलाई भेटाएको थियो । सुरुमा प्रहरीले त्यो साँच्चिकै आइफोन होला भन्ठानेको थियो । तर, त्यहीबेला ती किशोरले बन्दुक चलाए, जसले गर्दा एकजनालाई गम्भीर झट्का लाग्यो । ती किशोरले चक्कु पनि बोकेका थिए ।
Iphone-gun-1
बाहिरबाट हेर्दा आइफोन लागे पनि यो ‘स्टन गन’ हो जसको प्रयोग हाइ भोल्टको बिद्युतीय झट्का दिएर बेहोस बनाउन गरिन्छ ।
उनीहरुले आइफोनको भोल्युम बटनलाई केही ठूलो बनाएर त्यसैबाट झट्का दिने बन्दुक बनाएका थिए । बन्दुकसहित स्कूलमा अध्ययन गरिरहेका अन्य ३ जना किशोर पनि पक्राउ परेका छन् ।
उनीहरुले घातक हतियार बोकेको भन्दै एक बस ड्राइभरले प्रहरीलाई सूचना दिएपछि प्रहरीले उनीहरुमाथि चेकजाँच गरेको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.