रिसाहा व्यक्तिलाई हृदयघातको बढी खतरा

स्वास्थ्य अनुसन्धानकर्मीहरुले सन्की र रिसाहा व्यक्तिमा हृदयघात बढी हुने गरेको बताएका छन् । हृदयघातको दुई घन्टाअघिको अवस्था निकै खतरा भएको उनीहरु बताउँछन् ।
तर, मानसिक तनाव वा अत्यधिक रिस उठ्ने बानी नियन्त्रण गरे हृदयघातको जटिल नतिजाबाट जोगिन सकिने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । हृदयघातको खास कारण अझै प्रष्ट खुलेको छैन’ बि्रटिस हर्ट फाउण्डेसनका डोरेन म्याडक भन्छन्-’तर रिस, तनाव आदिको कारणले हुने शारीरिक परिवर्तन पनि कारक हो । यसको जैविक विश्लेषण हुन जरुरी छ ।’
मुटुको रोगीहरु पनि हृदयघातको खतरामा पर्ने गरेको युरोपियन हर्ट जर्नलमा लेखिएको छ । असाध्यै रिसाएको पछिल्लो दुई घन्टाको अवधि हृयघात हुने सम्भावना पाँच गुणा बढी हुने तथ्य पनि यसमा उल्लेख गरिएको छ ।
हावर्ड स्कूल अफ पब्लिक हेल्थका अनुसन्धानकर्मीहरुका अनुसार बेलायतमा वर्षेनि १० हजार व्यक्ति हृदयघातको खतरामा पर्ने गरेका छन् । मुटु रोगबाहेक रिस र तनाव पनि हृदयघातको मुख्य कारण भएको पाइएको छ ।
दिनमा पाँच पटकसम्म अत्यधिक रिस, तनाव आउनेहरुमा हृदयघातको सम्भावना बढी हुन्छ । बेलायतमा वाषिर्क १० हजारमध्ये ६ सय ५७ जनामा रिस र मानसिक तनावको कारण हृदयघात भएको अनुसन्धानकर्मी डा. एलिजावेथ मस्टोफस्की बताउँछिन् । रिस र मानसिक तनावले रक्तसंचार बढाउने र तनाव रोकथाम गर्न धूम्रपान, मदिरापान अत्याधिक गर्ने हुँदा पनि हृदयघातको खतरा बढ्ने गर्छ ।
रोकथामको अन्य उपायहरु
हृदयघातको खतराबाट जोगिन निम्न सावधानी अपनाउन सकिन्छः
-स्वस्थ्यकर आहार
-नियमित व्यायाम, योगा
-सन्तुलित शारीरिक तौल
-धूम्रपान त्याग्ने
-मदिरापान नियन्त्रण
-चिकित्सकको परामर्शमा मात्र औषधि सेवन

0 comments

Write Down Your Responses

Powered by Blogger.