मेस्सीको दुई गोलसँगै बार्सिलोना विजयी

२३ चैत, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र रियल मड्रिडले लिग लिडर एथ्लेटिको मड्रिडमाथिको दबाव कायमै राखेका छन् ।

शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले भिल्लारियललाई १–० ले पराजित गरेको थियो । लगतै भएको खेलमा बर्सिलोनाले रियल बाटिसलाई ३–० ले तथा रियल मड्रिडले रियल सोसिडाडलाई ३–० ले पराजित गरेको छ ।
घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले १४ औं मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो । बाटिसका डिफेण्डर जोर्डीले एलेक्स सान्चेजलाई फल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो, जसमा लिओनल मेस्सीले सहजै गोल गरे ।
खेलको ६७ औं मिनेटमा जोर्डीले आत्माघाती गोल गर्दा बार्सिलोनाले २–० को अग्रता लियो । तर, लगतै बाटिसका रुबिन कास्ट्रोले गोल गरे । खेलको ८५ औैं मिनेटमा बार्सिलोनाले अर्को पेनाल्टी पायो तर, मेस्सीको प्रहार बाटिसका गोलरक्षकले असफल पारे ।
लगतै मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–१ गोल अन्तरको जित दिलाएका छन् ।
रियल मड्रिड भने क्रिष्टियानो रोनाल्डो विना मैदान उत्रिएको थियो । उनी चोटका कारण मैदान बाहिर छन् । पहिलो हापको अन्तिम मिनेटमा इलरमेन्डीको गोलबाट अग्रता रियलले दोस्रो हाफमा तीन गोल गरेको थियो ।
उसका लागि ६६ औं मिनेटमा ग्यारेथ बेल, ८५ औं मिनेटमा पेपे र ८८ औं मिनेटमा ल्भारो मोराटाले गोल गरेका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.