क्रिकेटरले मासिक २० देखि ४० हजारसम्म तलब पाउने
काठमाडौं । विश्वकप खेलेर फर्केको साता नबित्दै राष्ट्रिय क्रिकेटरहरूले
अब सामान्य जागिरको चिन्ता लिनुनपर्ने भएको छ । प्रशिक्षक पुबुदु
दसानायकेको प्रस्तावअनुसार क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) उनीहरूलाई
मासिक २० देखि ४० हजार रुपैयाँ तलब दिन तयार भएको छ ।
प्रशिक्षक पुबुदुले बुधबार पारिवारिक
बिदामा क्यानडा जानुअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव
युवराज लामा, क्यान अध्यक्ष टंक आङबुहाङ र महासचिव अशोकनाथ प्याकुरेलसमक्ष
खेलाडीलाई नियमित तलब दिनुपर्नेलगायत क्रिकेट विकासका दुईवर्षे कार्यक्रम
प्रस्ताव गरेका थिए । ‘त्यही प्रस्तावअनुसार खेलाडीलाई क्षमताअनुसार तीन
समूहमा वर्गीकरण गरेर मासिक २० देखि ४० हजार रुपैयाँ तलब दिनेछौं,’
आङबुहाङले भने, ‘यति तलब भएपछि राम्रा खेलाडीले जागिरको चिन्ता लिनुपर्दैन
।’
पुबुदुले उत्कृष्ट ७ खेलाडीलाई ‘ए’,
त्यसपछि अब्बल ७ लाई ‘बी’ र अन्य ४ खेलाडीलाई ‘सी’ मा समावेश गर्दै
‘सेन्ट्रल कन्ट्रयाक’ मा राख्न प्रस्ताव गरेका छन् । प्रस्तावअनुसार ‘ए’ मा
पर्ने प्रत्येक खेलाडीलाई मासिक ४० हजार, ‘बी’ लाई ३० हजार र ‘सी’ लाई २०
हजार रुपैयाँ तलब दिनुपर्छ । ‘संसारमा देशको गौरव बढाउने खेलाडीलाई यति तलब
धेरै ठूलो कुरा होइन । प्रायोजक खोजेर वा जसरी हुन्छ, हामी उपलब्ध
गराउनेछौं,’ आङबुहाङले भने ।
बंगलादेशबाट फर्केलगत्तै गुजाराकै
चिन्तामा ऐतिहासिक क्रिकेटरहरू नेपाली सेनामा सिपाहीभन्दा तल्लो पद
बन्दोबस्ती कार्य सिपाही (बकासी) का लागि आवेदन दिन पुगेका थिए । क्यानले
नियमित तलबै दिने तयारी सुरु गरेपछि उनीहरूमा उत्साह छाएको छ । ‘सेन्ट्रल
कन्ट्रयाक्टको व्यवस्था भयो भने एकदमै राम्रो हुनेछ । कार्यान्वयन नै मुख्य
कुरा हो । त्यसैले तलबका लागि निश्चित कोष वा प्रायोजकको व्यवस्था बेलैमा
गर्नुपर्छ । अनि खेलेरै बाँच्न सक्ने आधार पनि तयार हुन्छ,’ राष्ट्रिय
टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने ।
प्रदर्शनका आधारमा वर्गीकरण हुने भएकाले
खेलाडीहरूबीच प्रतिस्पर्धा बढी समग्र क्रिकेटकै स्तरवृद्धि हुने उनले बताए ।
‘क्याम्पमा सिक्नेभन्दा राम्रो प्रदर्शन गर्नेको संख्या बढ्छ,’ उनले भने,
‘सेन्ट्रल कन्ट्रयाक्ट क्यानको मातहतमा हुँदा खेलाडी पनि मर्यादित हुन्छन्
।’
क्यानले दुई वर्षअघि राष्ट्रिय टिमका १६
खेलाडीलाई मासिक ५ हजार तलब दिन थालेको थियो । मंसिरमा यूएईमा भएको
छनोटमार्फत पहिलोपल्ट आईसीसी टी-ट्वान्टी विश्वकपको ढोका खुलेपछि क्यानले
तलब वृद्धि गर्दै १० हजार बनाएको थियो । राखेपले पनि वैशाखमा वल्र्ड
क्रिकेट लिग डिभिजन थ्री च्याम्पियन भएपछि राष्ट्रिय खेलाडीलाई टी-ट्वान्टी
विश्वकपसम्म मासिक १० हजार दिएको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments
Write Down Your Responses