भूलवस युवतीको खातामा आयो ५२ हजार पाउण्ड, त्यसपछि के मात्र गरिनन् यीनले ?

दिनभर काममा जोतिएर बिहान बेलुकीको छाक टार्दै आएकी एक बेलायती युवतीको जीवनमा चमत्कार भएको छ । हालै उनको वैंक अकाउन्टमा ५२ हजार पाउण्ड आयो । पैसा खातामा आएको केही घण्टामै त्यसलाई सिध्याउन ती युवतीले बिजुली गतिमा सपिङ र मोजमस्ती गरिन् । जसले उनलाई प्रहरी हिरासतमा पुर्‍याएको छ ।
लिचफिल्ड काउन्सिलले गल्लीबस यति ठूलो रकम उनको खातामा ट्रान्सफर गरेको थियो । जुन रकम ब्रोमफोर्ड हाउजिङ एशोसिएनलाई दिनु पर्ने थियो ।
२३ वर्षीया मिचेल हचिङले ९ हजार पाउण्डको निकै मंहगो पकडा, सनग्लास र मन परेका बिलासी वस्तुहरु किनिन् । बुल रिङ सेन्टरमा गएर उनले आफ्नो प्रेमीलाई जिन्स, जुत्ता लगायतका महंगा उपहार किनिदिन भ्याइन् । खातामा आएको पैसा खर्च गर्न उनलाई प्रेमीले समेत साथ दिए ।

त्यति गर्दा पनि उनको खातामा अझै ४४ हजार बढि रकम बच्यो । त्यसैले उनले उनले आमालाई एक हजार पाउण्ड दिइन् भने ४० हजार पाउण्ड आफ्नो लगानी खातामा ट्रान्सफर गरिन् ।
जब काउन्सिलले गल्ती पत्ता लगायो तव उनी समातिइन् । उनालाई हालै स्टाफोर्ड क्राउन अदालतमा उपस्थित गराइयो ।
अदालत पुग्दा उनलाई कुनै पछुतो वा गुनासो थिएन । उनी त्यसका लागि तयारी अबस्थामा रहेजस्तै देखिन्थिन् । अदालतले उनलाई कैद सजायँ सुनाउनुको सट्टा १२ महिनाको श्रम श्रजायँ सुनायो । जेल जानु नपरेपछि उनी खुसी रोइन् ।
जेलको कहर टरेपछि उनले सित्तैको पैसाले मस्ती गर्दै गरेका ग्लामरस तस्वीरहरु अपलोड गरेकी छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.