चोरेरै हैरान पार्ने केटालाई कुकुरको जीवन !
आफ्ना
छोरा-छोरीले चोरी गर्दै हिडेको कुन आमाबाबुलाई स्वीकार्य होला ? झन,
गाउँमा कुनै चोरी भयो आफ्नो छोरालाई दोष आउने भयो भने ती आमाबाबुको के हालत
होला ? यस्तै समस्याबाट पीडित भएपछि चीनको एक परिवारले छोरालाई घाँटीमा
साङ्लो लगाएर बाँधेर राखेको छ ।
ग्याङशी प्रान्तको जीवीयनबान गाउँका ४७
वर्षका वेन युआनले २४ वर्षीय छोरा चुआङलाई घाँटीमा साङ्लो बाँधेर ओछ्यानमा
राखेका हुन् । छोराको घाँटीमा लगाएको साङ्गलोको अर्को छेउलाई उनले
सिमेन्टको ठूलो ब्लकमा लगेर साँचो लगाएका छन् । जसका कारण चुआङ कोठाभन्दा
बाहिर जान सक्दैनन् ।
’यहाँ ठूलो समाज छैन । जहाँ कसैको चोरी
भयो भने कसलाई आरोप लगाउने भन्ने सबैले जानेका छन्’ वेन युआन भन्छन्-’मैले
सँधै क्षतिपूर्ति दिएर माफी माग्नुपर्छ । तर, म सधै क्षतिपूर्ति दिइहिड्न
सक्दिन ।’ आफूले क्षतिपूर्ति नतिरे प्रहरी बोलाएर आफ्नो छोरालाई जेल हाल्ने
भन्दै उनले जेल पठाउनुभन्दा छोरालाई कोठामै बाँधेर राखेको बताए ।
0 comments
Write Down Your Responses