फुटेको माओबादी फेरी फुट्ने तयारीमा

दुई वर्षअघि एकीकृत नेकपा माओवादीबाट अलग भई नयाँ पार्टी गठन गरेको नेकपा-माओवादीभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ ।
पार्टी अध्यक्ष मोहन बैद्य र सचिव नेत्रविक्रम चन्दबीचको अन्तरबिरोध चर्किएपछि माओवादी यतिखेर विभाजनको संघारमा पुगेको राजधानी दैनिकमा खबर छ ।
पार्टी बैठकमै संस्थापन र चन्द पक्षबीच घोचपेच र ठेलमठेलसम्मको स्थिति निम्तिएपछि बैद्य माओवादीभित्रको विवादले उग्र रुप लिएको हो । पछिल्लो केही दिनमा दुवै पक्षले आ-आफ्नो पक्षको आन्तरिक बैठक र भेटघाटलाई तीव्रता दिन थालेका छन् । ८ देखि ११ असोजसम्म चलेको पोलिटव्युरो बैठकमा सचिव चन्द र संस्थापन पक्षका नेताहरु एकआपसमा तानातानमै उत्रिएपछि अव दुवै पक्ष एउटै पार्टी रहन नसक्ने अवस्थामा पुगेको बताउन थालेका छन् ।
संस्थापनले पार्टी विभाजन गर्ने भए सल्लाहमै विभाजन गरेर गए हुने धम्कीसमेत दिन थालेको छ भने चन्द पक्षले एमाओवादीमा विलय हुन आफूहरुलाई संस्थापन पक्षले पार्टीबाट अलग गराउन खोजेको आरोप लगाउन थालेको छ ।
स्रोतका अनुसार बैठकमा संस्थापन पक्षले चन्द पक्षका केन्द्रीय सदस्य अनिल शर्मामाथिको निलम्बन र आर्थिक अराजकताको विषय उठाई चन्द पक्षको चर्को आलोचना गरेपछि विवादले उग्र रुप लिएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.