१२ दिनका लागि फेरी थुनिए पुर्ब युबराज

पूर्वयुवराज पारस शाहलाई १२ दिनसम्म हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउनका लागि थाई प्रहरीले त्यहाँको अदालतसमक्ष अनुमति लिएको छ ।
जसअनुसार प्रहरीले अनुसन्धान प्रक्रिया सकेपछि सुनुवाइका लागि जुनसुकै दिन अदालतमा पेस गर्न सक्ने थाइल्यान्डमा रहेका पारसका सहयोगीले सोमबार जानकारी दिएको नेपाल समाचारपत्रमा खबर छ ।
पारसले पछिल्लो समयमा आफ्नो कानुनी कामकाज गर्न जिम्मा दिन छाडेको थाइल्यान्डका वकिल साक्छाइलाई पुनः लागूऔषध प्रयोग गरेको मुद्दाको जिम्मा दिएर लुङखाइ लगिएको छ । हिजो बिहान कानुनी सल्लाहकार साक्छाइ र एक नेपाली सहयोगी लुङखाइ प्रहरी स्टेसनमा पुगेका छन् । लागू औषध कारोबारमा दोषी देखाइएका पारसको मुद्दा फितलो बनाएर छुटाउन थाइल्यान्डका वकिल र नेपाली लागि परेका छन् ।
थाइल्यान्डमा रहेका एक नेपालीले मुद्दाको विषयमा हिजोबाट प्रारम्भिक प्रक्रिया अघि बढेको र केही दिनमा टुंगो लाग्ने जानकारी दिए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.