ब्राड पिटको फिल्मबाट साहरुखलाई सम्मान

हलिउडका सर्वाधिक चर्चित नायक ब्राड पिटको ‘फ्यूरी’ नामक सिनेमाको प्रदर्शन मिति भारतमा दुई साता पर सारिएको छ । बलिउडका बादशाह मानिने साहरुख खानको ‘ह्याप्पी न्यू इयर’ अक्टोबर २४ तारिखमा आउने भएपछि यो सिनेमालाई अक्टोबर ३१ मा प्रदर्शन गर्ने तयारी गरिएको छ । यो सिनेमालाई भारतमा ‘फौजी’ नाममा देखाउन लागिएको छ ।
जसको मुख्य कारण साहरुखप्रतिको सम्मान हो । सन् १९८८ मा साहरुख खानले अभिनय गरेको सिरियलको नाम ‘फौजी’ थियो । जसमा उनी आर्मीको भूमिकामा थिए । ‘फ्यूरी’ सिनेमामा पनि ब्राड पिट आर्मी अफिसर्सको भूमिकामा छन् । साहरुखप्रति सम्मान गर्दै हलिउडका सुपरस्टारको सिनेमालाई ‘फौजी’ नाममा भारतमा प्रदर्शन गर्न लागिएको हो । सिनेमाका निर्माताहरुले साहरुख खानलाई सम्मान गर्दै यस्तो गर्न लागिएको जनाएका छन् । ब्राड पिटले पनि सुरुवातमा आर्मीको भूमिकामा नै सानो पर्दामा आफ्नो अभिनय देखाएका थिए । साहरुख र ब्राड पिट विश्वभर चर्चामा छन् । यो सिनेमाको निर्देशक डेविड येरले गरेका हुन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.