मनको राजा नपाएपछि युवतीले गरिन् आफैसँग बिहे

लामो समयसम्म जोडी नपाएर एक्लै बस्नु परेपछि दिक्क भएर एक महिलाले आफैसँग बिहे गरेकी छिन् । आफैसँग बिहे गर्ने विश्वकी ती पहिलो महिला बेलायती हुन् ।
पेशाले फोटोग्राफर रहेकी ३१ वर्षकी ग्रेस गेल्डरले एक विशेष समारोहका बीच आफैलाई बिहे गरेकी छिन् । उनको बिहे समारोहमा ५० जना जति पाहुना सहभागी भएका थिए ।
पछिल्लो ६ वर्षसम्म एक्ली भएपछि आफुले आफैसँग निकै उत्कृष्ट सम्बन्ध कायम गरेको भन्दै ग्रेसले आफैसँग त्यस्तो सम्बन्ध सिर्जना गर्नु निकै अप्ठेरो कुरा रहेको समेत बताएकी छिन् ।
गएको नोभेम्बरमा लण्डनको पार्लियामेन्ट हिलमा आयोजित एक कार्यक्रममा उनले आफैलाई पर्पोज गरेकी थिइन् । अन्ततः उनले डेभोनको एक फार्महाउसमा हालै आफैसँग बिहे गरिन् । विवाहका लागि उनले पहिरन, औँठी लगायतका सामान खरीद गरेकी थिन् ।
उनले ती सबै गरगहना र पहिरन लगाएपछि ऐनामा आफ्नो अनुहार हेरिन् र आफ्नै दर्पणछायालाई चुम्बन गरी आफैलाई बिहे गरिन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.