अदालतले भन्यो-नांगै हिड्न पाइँदैन

सार्वजनिक स्थलमा नांगिएको आरोपमा ७ वर्ष सम्म जेल जिवन बिताएका एक पुरुषले अन्ततः कानूनी लडाइँ हारेका छन् । नांगो फिरन्तेको उपाधि पाएका बेलायतका स्टेफेन गजलाई अदालतले निर्वस्त्र हिड्न नदिने फैसला गरेको हो ।
आफुले आफ्नो चाहना अनुसार टोपी र झोला मात्र बोकेर निर्वस्त्र हिड्न पाउनुपर्ने माग गर्दै अदालतमा कानूनी लडाइँ लडिरहेका उनलाई युरोपेली युनियनको मानव अधिकार अदालतले असामाजिक ठहर गरेको हो ।
अदालतले ती फिरन्तेले पटक पटक असामाजिक व्यवहार देखाएको र उनले आफ्नो स्वतन्त्रताको उपयोग गर्दा अरु मानिसको संवेदनाको पनि ख्याल गर्नैपर्ने फैसला गरेको छ । अर्थात् अदालतले सार्वजनिक स्थानमा निर्वस्त्र भएर हिड्न नपाउने ठहर गर्दै आफ्नो निर्वस्त्र हुने इच्छा पूरा गर्ने अरु विभिन्न माध्यम भएको समेत सुझाएको छ ।
टोपी र झोला बोकेर देश दौडाहामा निस्किएका स्टेफेनलाई पक्राउ गरी जेल कोचिएसँगै उनीमाथि विभिन्न खाले ३० वटा अभियोग दायर भएका थिए ।
निजि जिवन तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि युरोपेली कानूनले आफुलाई नांगिने छुट दिएको जिकिर उनको छ ।
 

0 comments

Write Down Your Responses

Powered by Blogger.