गर्भवती भइसकेपछि पनि किन विवाहसँग भागिरहेकी छिन् कंगना ?

बलिउडका चर्चित इमरान खान आजकाल कंगना रनावतलाई फकाउनमा व्यस्त छन् त्यो पनि विवाह गर्नको लागि । अझ अचम्म के छ भने गर्भवती भइसकेपछि पनि कंगना रनावत विवाहसँग भागिरहेकी छिन् र उनलाई विवाहको लागि उत्प्रेरित गर्नमा नै इमारान व्यस्त छन् । आखिर यस्तो किन त ? 

  यो कथा कंगना र इमारानको नयाँ फिल्मको हो । युटिभी मोसन पिक्चर्सको निर्माणमा बन्न लागेको फिल्म ‘कट्टी बट्टी’ को सुटिङ सोमबारदेखि सुरु हुने तग भएको छ ।   फिल्ममा इमरान खान र कंगना रनावत मुख्य भुमिकामा देखिनेछन् । कंगना र इमरान पहिलो पटक यो फिल्ममा सँगै देखिँदैछन् । निखिल आडवाणीले निर्देशन गरेका उक्त फिल्म विशुद्ध प्रेमकथामा आधारित भएको जनाइएको छ । कंगनाले एक अन्तर्वार्तामा यो फिल्मको चर्चा गर्दै फिल्म बलिउडका अरु प्रेमकथाभन्दा अलग भएको ठोकुवा गरेकी छिन् ।   फिल्मको पुरानो नाम ‘साली कुतीया–अ लभ स्टोरी’ रहेकोमा सेन्सर बोर्डको रोकटोकबाट बच्नका लागि नाम परिवर्तन गरिएको स्रोतले जानकारी दिएको छ । (एजेन्सी)  

0 comments

Write Down Your Responses

Powered by Blogger.