फेसबुकमा प्रेमिकालाई संकेत गर्दै पारस शाहले लेखे–तथ्य सधैं तथ्य नै हुन्छन्

 थाइल्याण्डमा रहेका पूर्व युवराज पारस शाह फेसबुकमा सक्रिय छन् । केही दिनअघि गाँजा सहित पक्राउ परेर छुटे लगत्तै उनले फेसबुकमार्फत आफूलाई प्रेमिकाले फसाएको उल्लेख गरेका थिए ।
सोमबार फेरि उनले फेसबुकमा अर्को स्टाटस लेखेका छन् । आफ्नी प्रेमिका कन्निका चाइसानले फेसबुकमा राखेको कभर फोटोलाई शेयर गर्दै उनले लेखेका छन्–
‘कि पछि लाग कि अघि बढ । केही मानिस नेतृत्व गर्नको लागि जन्मिन्छन् र केही पछि लाग्न जमिन्छन् । जत सक्यो छिटो यो कुरा अंगाल्न सक्यो भने जीवनलाई राम्रोतिर मोड्न सकिन्छ । तथ्यहरु सधैं तथ्य नै हुन्छन् । किनकी कसैलाई तथ्य मन मर्दैन । त्यसलाई परिवर्तन पनि गर्न सकिदैन'
पारसको यो स्टाटसमा लाइक र कमेन्ट गर्नेको संख्या थपिंदो छ । एउटा कमेन्ट यस्तो छ:
यस टिपोटले पारस दोषमुक्त कन्चन हु भन्न खोजिएको हैन , केवल यति मात्र भनन खोजिएको हो कि यी सबै आरोपमा दिषी मानेर उनलाई परिवारले, समाजले जुन दण्ड दिईसकेको छ के त्यो दण्ड उचित थियो त । उचित नै भए पनि अब त्यसमा थप बहिष्करणको दण्ड आवश्यक छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.