गुगल गुहारे पोर्नस्टारले

पोर्न सामाग्रीहरु खरीद गर्ने वैधानिक तरिकाको विषयमा प्रचारप्रसार गर्न आवश्यक सहयोग गरिदिनका लागि पोर्नस्टार तथा पोर्न भिडियो निर्माता स्टुडियोहरुले इन्टरनेट जाएन्ट गुगललाई गुहारेका छन् ।
पोर्न उद्योगका चर्चित व्यक्तिहरुले पाइरेसीसँग जुध्ने आफुहरुको प्रयत्नलाई साथ दिन गुगललाई अनुरोध गर्दै मूलधारका संगीत तथा चलचित्रका वेबसाइटको प्रचारका लागि अपनाइएको उपाय जस्तै उपाय आफुहरुले पनि अबलम्बन गर्न चाहेको बताएका छन् ।
पोर्नस्टार एन्जेला ह्वाइटले एडल्ट उद्योगमाथि गुगलले भेदभाव जारी राखेको आरोप लगाएकी छिन् ।तर गुगलले भने आफुमाथिको यस्तो आरोप र आग्रहका विषयमा कुनै प्रतिक्रिया नजनाएको बीबीसीले जनाएको छ ।

गुगलले हालै बेलायतका केही संगीत कम्पनीहरुसँग एक सम्झौता गरेको थियो जसअनुसार संगीत खरीद बिक्रि गर्ने वैधानिक तरिका अवलम्बन गर्ने वेबलिंक तथा आधिकारिक साइटहरु गुगलमा प्रकाशित गरिनेछ ।
पोर्नउद्योगी तथा पोर्नस्टारहरुले आफुहरुले गुगलसँग यस्तै सम्झौता चाहेको बताएका छन् । अहिलेसम्म अनलाइन एडल्ट उद्योगलाई गुगलमा विज्ञापन गर्न दिइएको छैन ।
पोर्न उद्योग वैधानिक व्यवसाय नभएको भ्रम गुगलमा रहेको आरोप पोर्नस्टार ह्वाइटको छ ।
गुगलमा पोर्न शब्द एक दिनमा निकै धेरैपटक खोजिने दृष्टान्त प्रस्तुत गर्दै उनले दुनियाले इमान्दारितापूर्वक पोनोग्राफी खोजिरहेको भएपनि गुगलले भने पोर्न उद्योगमाथि पक्षपात गरेको उनको भनाइ छ ।
पोर्न फिल्म बनाउने स्टुडियोकी मालिक टासा रेइनले पनि गुगलले आफुहरुमाथि अन्याय गरिरहेको भन्दै एडल्ट सामाग्रीहरुको चोरी तथा पाइरेसीका कारण एडल्ट उद्योगमा उतारचढाव आउने गरेको बताइन् ।
पोर्न स्टुडियोहरुका अनुसार यु ट्युबकै जस्तो गरी निशुल्क अनलाइन भिडियो अपलोड गर्ने भिडियो साइटहरुका कारण पोर्न उद्योगको कमाइमा उल्लेखनीय असर पुगेको छ ।
गुगलमा पोर्न सामाग्री खोज्ने मानिसले उक्त सामाग्री सर्च गर्दा गुगलले सुरुमा धेरै अनधिकृत वेबपेजहरु देखाउने र आधिकारिक साइटहरु गुगलको दशौँ पेजपछि मात्र देखिने भएकाले उपभोक्ताले आधिकारिक बिक्रेता वा उत्पादकबाट त्यस्ता पोर्न सामाग्री लिने नभै पाइरेसी गरिएका सामाग्रीहरु प्राप्त गर्ने गरेको उनीहरुको भनाइ छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.