कांग्रेस नेता भट्टराईको पाँचतल्ले घर भत्काउन निर्देशन

काठमाडौं । महानगरपालिकाले नियम विपरीत धर बनाएको बताउँदै कांग्रेस नेता एवं सभासद मनमोहन भट्टराईको पाँचतल्ले घर भत्काउन निर्देशन दिएको छ ।
महानगरपालिकाका कार्यकारी प्रमुख धनबहादुर श्रेष्ठको इजलासले भट्टराईको घर भत्काई १० हजार रुपैयाा जरिवाना असुल गर्न निर्देशन समेत दिएको राजधानी दैनिकमा खबर छ ।
सााधियार साकार श्रेष्ठले मापदण्ड विपरीत निर्माण गरेको संरचना भत्काई गैर कानुनी रुपमा राखेको झ्याल भत्काइ पाउँ भन्ने उजुरीमाथि छानविन गरी महानगरले भदौ २४ मा फैसला गरेको थियो ।
‘उहााको घरको नक्सासमेत पास भएको छैन,’ महानगरपालिकाका कानून अधिकृत वसन्त आचार्यले भने, ‘जरिवाना तिरेर नक्सा पास गर्न सकिन्छ तर मापदण्ड विपरीतका संरचना चाहिा भत्काउनै पर्नेहुन्छ ।’
भट्टराईले चार तलासम्म निर्माण गर्न नक्का पास अनुमति माग गरे पनि सो नै स्वीकृति नगराई पाँच तले घर निर्माण गरेको महानगरपालिकाको फैसलापत्रमा उल्लेख छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.