महिलालाई नग्न पारी गधामा चढाएर परेड

भारतको उत्तरी राज्य राजस्थानको एक गाउँमा एक महिलालाई नांगै पारी गधामाथि चढाएर परेड गराइएको छ । उनको परिवारले भतिजाको हत्या गरेको आरोपमा गाउँ परिषद्का् आदेशमा उनलाई यस्तो सजाइ दिइएको बताइएको छ । स्थानीयले उनको मुखमा कालोमोसो दलेर गाउँ परिक्रमा गराएका थिए ।

घटनामा संलग्न ३९ जनालाई पक्राउ गरिएको छ । गाउँ परिषद्को रुपमा काम गर्ने पञ्चायतको कुनै कानुनी महत्व छैन, तथापि यसलाई गाउँलेहरुले सम्मानका साथ पालना गर्छन् । प्रहरीका अनुसार एक ४५ वर्षीय पुरुष भार्दी सिंहले आत्महत्या गरेका थिए ।

त्यसपछि उनका आफन्तले उनको अन्तिम संस्कार र काजकिरिया गरेका थिए । तर, तीन दिनपछि मृतककी पत्नी र केही आफन्त प्रहरीसमक्ष पुगी सिंहलाई उनकै कार्कीले हत्या गरेको आरोप लगाएका थिए । शनिबार राति नै सो परिवार गाउँ परिषद् पुगेको र कार्कीले नै सिंहलाई हत्या गरेको निकर्षमा पुगेको थियो ।

पञ्चायतको निर्देशनमा ती महिलाको केस मुन्डन गरी अनुहारभरि अँगार दल्नुका साथै सर्वत्र नांगो पारेर एउटा गधामाथि चढाएर गाउँ परिक्रमा गराइएको थियो । पञ्चायतको निर्देशनमा महिलालाई नांगो पारेर गाउँ घुमाउनु निन्दनीय र लाजमर्दो विषय हो एक महिला अधिकारीले भनिन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.