आत्म हत्या गर्ने सेलिब्रेटीहरु (तस्विर सहित)

सेलिब्रेटीहरुले आत्महत्या गर्ने ट्रेण्ड विश्वभरी देखिन्छ । नेपालमा समेत सेलिब्रेटीहरुको आत्महत्याको श्र‌ृंखला बढ्न थालेको छ । प्रसिद्धी र पैसा दुवै कमाएका यस्ता सेलिब्रेटीलाई देखेर आफ्नो जीवन पनि यस्तै भैदियोस् भन्ने प्रशंसक समेत सेलिब्रेटीको आत्महत्याले चकित पर्ने अवस्था छ ।
suicide trend

पछिल्लो पटक नेपाली सिने क्षेत्रका चर्चित निर्देशक आलोक नेम्बाङले आत्महत्या गरेपछि सेलिब्रेटीहरुमा हुने 'suicide instinct' अर्थात आत्महत्या वृत्तिको विषयमा नेपालमा पनि चर्चा शुरु भएको छ । सेलिब्रेटीहरुको आत्महत्यापछि उनीहरुले आत्महत्या गर्नुका कारणबारे विभिन्न कोणबाट चर्चा हुन्छन् र केही समयपछि सेलाउँछन् । यहाँ हामीले आत्महत्या गरेर संसार त्यागेका सेलिब्रेटीहरुको विषयमा चर्चा गरेका छौं ।


१ आलोक नेम्बाङ
नेपाली सिने क्षेत्रलाई स्तब्ध पार्दै पछिल्लो पटक आत्महत्या गरेका निर्देशक हुन आलोक नेम्बाङ । एक्लोपनको कारण आत्महत्याको बाटो रोजेको भनेर नेम्बाङको चर्चा भैरहेको छ । ४३ वर्षको उमेरमा पनि विवाहको चाहना नदेखाउनुले पनि उनी जीवनदेखि निराश थिए भन्ने केही सहकर्मीहरूको विश्लेषण छ । आत्महत्यापछि भेटिएको उनको ‘सुसाइट नोट’ले पनि यही कुरा पुष्टि गर्छ । तर, उनले किन आत्महत्या गरे भन्नेबारे प्रहरीको अनुसन्धान जारी छ ।
Alok antyasti 1



२ श्रीषा कार्की
नेपाली सिने क्षेत्रमा सनसनीपूर्ण आत्महत्या गर्ने अभिनेत्री श्रृषा कार्कीको आत्महत्याको रहस्या अहिले सम्म सुल्झिएको छैन । १२ वर्षअघि आत्महत्या गरेकी अभिनेत्री कार्कीले एक पत्रिकामा छापिएको नग्न तस्बिरले अपमानित भएको महसुस गरेर आत्महत्या गरेको भनिन्छ । एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी कार्कीको आत्महत्याको वास्तविक कारण अहिले सम्म खुल्न सकेको छैन । जनअास्था साप्ताहिकमा श्रृषाको नग्न तस्विर प्रकाशित भएको थियो । जसका कारण चलचित्र क्षेत्र आन्दोलित हुन पुगेको थियो । 

shishra-karki



३ जेसिका खड्का
नेपाली सिने क्षेत्रमा आत्महत्या गर्नेको सूचीमा परेकी अर्की नायिका हुन् जेसिका खड्का । टेलिभिजनको हास्य कार्यक्रममा अभिनय गर्दा गर्दै उनको यौन भिडियो सार्वजनिक भएको थियो । यद्यपी सो भिडियो सार्वजनिक भएको लामो समय सम्म पनि नेपाली चलचित्र क्षेत्रमै रहेकी उनले अन्ततः आत्महत्याको बाटो रोजिन् । जेसिकाले तीन वर्षअघि विष सेवन गरी आत्महत्याको विकल्प रोजेकी थिइन् । उनको आत्महत्याको रहस्य पनि खुल्न सकेको छैन ।
jesika khadka 1



नेपालमा मात्र होइन बलिउड र हलिउडमा समेत चर्चित कलाकारहरुले आत्महत्या गरेका छन् ।

बलिउडका चर्चित आत्महत्याः


जिया खानः
बलिउडकी चर्चित अभिनेत्री जिया खानले आत्महत्या गर्दा बलिउड नै स्तब्ध हुन पुगेको थियो । सुरज पञ्चोलीसँगको प्रेम धोका पाएपछि उनले आत्महत्या गरेको बताइन्छ ।
jya khan


दिब्या भारतीः
बलिउडमा धेरै चलचित्रमा अभिनय नगरेपनि चर्चामा रहेर आत्महत्या गरेकी अर्की अभिनेत्री हुन् दिब्या भारती । उनी आफू बस्ने घरको झ्यालबाट हाम फालेको अवस्थामा मृत भेटिएकी थिइन् । यद्यपी उनको मृत्यु पनि रहस्यको विषय नै बनिरहेको छ ।
celebrities who committed suicide


हलिउडमा समेत यस्ता सेलिब्रेटीहरु थुप्रै छन् जसले चर्चाको शिखरमा रहँदा पनि आत्महत्या गरे ।
हलिउडका चर्चित आत्महत्याः


मार्लिन मुनरोः
हलिउडमा सुन्दरी र कामुकताकी प्रतिमुर्तिकोरुपमा छवि भएकी मार्लिन मुनरोको आत्महत्या पनि रहस्यमय मानिन्छ ।
marilyn monroe


माइकल ज्याक्सनः
चिकित्सकहरुले चर्चित पप गायक माइकल ज्याक्सनको निधनलाई पनि आत्महत्या नै मानेका छन् । औषधीको ओभर डोजका कारण निधन भएका ज्याक्सनका चिकित्सकमाथि अनैच्छिक हत्याको आरोप लागेको छ ।
michael-jackson
- See more at: http://nepaliheadlines.com/2014-11-10-13-57-22.html#sthash.nGS5qksn.dpuf

,

0 comments

Write Down Your Responses

Powered by Blogger.