ड्रग्स तस्करीको आरोपमा बलिउड नायिका पक्राउ

बलिउडकी चर्चित नायिका ममता कुलकर्णीलाई ड्रग्स तस्करीको आरोपमा केन्याको प्रहरीले पक्राउ गरेको छ । ममताका पती विकी गोस्वामीलाई भने हिरासतमा राखिएको भारतीय संचारमाध्यमले जनाएका छन् । बलिउडमा ९० को दशकमा आफ्नो अभिनय र हट दृश्यका कारण ममता चर्चामा थिइन् ।
उनले बलिउडका चर्चित कलाकारहरुसँग काम गरेकी छिन् । केन्याको मोमास्सामा ममता र उनका पतीलाई गहिरो सोधपुछ गरिएको छ । यो अप्रेशनमा विभिन्न ४ व्यक्तिलाई पक्राउ गरिएको छ । ममताले ‘घातक’, ‘करण अर्जुन’, ‘बाजी’ जस्ता बलिउड चलचित्रमा काम गरेकी थिइन् । उनी विगत केही बर्षदेखि अध्यात्मतर्फ लागेकी थिइन् । उनी हाल ‘अटोबायोग्राफी अफ एन योगिनी’ नामक पुस्तक लेखिरहेकी छिन् । तर, केन्या प्रहरीले अहिलेसम्म ममतालाई लगाइएको आरोपको भने खुलासा गरेको छैन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.