भूवन केसीसँगै देखिइन् जीया केसी

लामो समयदेखि संचारमाध्यम र चलचित्र नगरीबाट हराएकी नायिका जीया केसी आज एक कार्यक्रममा देखिइन् । नायक भूवन केसीले आफ्ना छोरा अनमोल केसीले अभिनय गरेको चलचित्र ‘जेरी’को विशेष शोमा थुप्रै नायक तथा नायिकालाई निमन्त्रणा गरेका थिए । जसमा भूवनसँग नाम जोडिदै आएकी जीया पनि देखिइन् ।
चलचित्रमा असुहाउँदो दृश्य दिएर चर्चामा आएकी जीया अहिले हराएजस्तै छिन् । उनलाई चलचित्र नगरीमा टिक्न धौ-धौ परेको देखिन्छ । जसका कारण पनि उनी मिडियाबाट समेत टाढा देखिएकी थिइन् । भूवन केसीसँग पछिल्ला केही समयदेखि उनको नाम जोडिएको छ । जसका कारण पनि उनी कार्यक्रममा देखिदा चर्चा हुनु स्वभाविक नै भयो । जीयासँग फोटो खिचाउन मिडियाले गरेको आग्रहलाई भूवनले अनकनाउँदै मानेका थिए । जीया र भूवनको एकसाथको तस्बिर कैद गर्न खोजेको फोटो पत्रकारहरुमाँझ दुबैले असुहाउँदो तबरले पोज दिएका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.