सन्नी लियोनको पहिलो पारिवारिक फिल्म


मुम्बइ । सन्नि लियोनको बोल्ड शरिर हेर्नकै लागि सिनेमा हलसम्म पुग्ने दर्शकका लागि एउटा दुःखद खबर छ । नयाा फिल्म ‘कुछ कुछ लोचा है’ मा सन्नी बिल्कुल भिन्न गेटअपमा देखिएकी छिन् । ‘यो मेरो पहिलो पारिवारिक फिल्म हो, यसमा मैले तमाम भारतीय गृहणीको चरित्र निर्वाह गरेकी छु ।’
सन्नीले एजेन्सीसाग कुरा गर्दै भनेकी छिन् । राम कपुरको साथमा अभिनय गरेकी सन्नीले यस फिल्ममा सज्जन नारीको चरित्र निर्वाह गरेकी छिन् । उनको भनाइअनुसार बलिउड फिल्म उद्योगमा टिक्नका लागि हरेक वर्गका दर्शकको मनमा बस्न जरुरी छ । उनको पछिल्लो फिल्म आम दर्शकमा मनमा बस्ने एउटा अस्त्र पनि हो । सन्नीको पहिलो फिल्मले ठिकै ब्यापार गरेपनि उनको बजार भाउ आकाशिएको थियो । त्यहि मौकामा उनले पारिश्रमिकको दररेट पनि बढाइन् । सन्नी अन्य दुई फिल्म टीना और लोलो र मस्तिजादे को सुटिङमा ब्यस्त छिन् । यी दुबै फिल्ममा भने उनको बोल्ड अवतार प्रस्तुत हुने भएको छ ।  

0 comments

Write Down Your Responses

Powered by Blogger.